Comments Add Comment

निषेधाज्ञा

List Grid
नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

२४ कात्तिक, त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा नुवाकोटमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको […]

रौतहटमा निषेधाज्ञा : महोत्सव र सभा जुलुस गर्न प्रतिबन्ध

२१ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २१ गते राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ । शुक्रबार सूचना प्रकाशित गरी प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम रहेकाले मानिस भेला हुने गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी […]

पर्वत सदरमुकाममा एक हप्तालाई निषेधाज्ञा

१४ कात्तिक, काठमाडौं । पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पर्वतमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु पनि भएको भन्दै निषेधाज्ञा जारी गरेको हो । शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय […]

मोरङमा सोमबारदेखि दसैं लक्षित निषेधाज्ञा

२ कात्तिक, काठमाडौं । मोरङमा सोमबारदेखि लागू हुने गरी दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर कात्तिक १५ गते राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको […]

धादिङमा दसैं लक्षित निषेधाज्ञा

२८ असोज, काठमाडौं । आसन्न विजयादशमीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय धादिङले थप केही कार्यमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । केन्द्र सरकारले जिल्ला प्रशासनलाई दिएको अधिकारको प्रयोग गरी केही निषेधका कार्यक्रमहरू थप गरिएको जिल्ला प्रशासन कार्यालय […]

खुकुलो बनाएर वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

१ असोज, वीरगञ्ज । वीरगञ्जमा थप खुकुलो बनाएर असोज १५ गतेसम्मका लागि निषेधाज्ञा  लम्ब्याइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा संक्रमण घटेर सुखद संकेत देखिए पनि बजारमा भिडभाड कायमै छ । मास्क, भौतिक दुरीलगायतका […]

चितवनमा बजार खुला, यातायातमा जोरविजोर, ठेला र घुम्ती पसललाई रोक

३१ भदौ, चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले पसल र जोर विजोर प्रणालीमा यातायात सञ्चालन खुला हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ । कार्यालयले बुधबार सूचना जारी गरी निजी र सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । त् यस्तै तरकारी, फलफूल र खाद्यान्न पसल विहान ६ बजेदेखि बेलुका छ बजेसम्म […]

कोटेश्वरका व्यापारी सडकमा, सहज रुपमा व्यवसाय चलाउन दिन माग

३० भदौ, काठमाडौं । निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार विहान प्रदर्शन गरेको हो । अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै […]

सप्तरीमा निषेधाज्ञा हट्यो, सिटी रिक्सा पनि चल्ने

२९ भदौ, सप्तरी । सप्तरीमा दुई महिनायता जारी निषेधाज्ञा अन्त्य गरिएको छ । अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको जिल्ला सं‌कट व्‍यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको […]

२४ दिनपछि हट्यो विराटनगरको निषेधाज्ञा

२९ भदौ, विराटनगर । स्थानीय प्रशासनले विराटनगरमा जारी गरेको निषेधाज्ञा हटाएको छ । भदौ ५ बाट सुरु भएको निषेधाज्ञा सोमबार बिहानबाट हटाएको हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा भरी जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला सुरक्षा समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । १६ र […]

डोटीमा खुकुलो पारियो निषेधाज्ञा

२९ भदौ, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले भदौ १४ गते राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञा गएराति १२ बजेदेखि खुकुलो पारेको छ । आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको […]

रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा

२९ भदौ, बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन […]

वीरगञ्जमा ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

२५ भदौ, वीरगञ्ज । संक्रमित भेटिने क्रम घटे पनि वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यही भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भदौ २५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ […]

उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

२४ भदौ, काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक […]

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा : यातायात र पसलसँगै के खुल्यो ? के खुलेन ?

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि भने पसल व्यवसाय खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् । कोरोना संक्रमण बढेसँगै उपत्यकामा ४ भदौबाट निषेधाज्ञा जारी गरिएको थियो […]

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक […]

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

२४ भदौ, काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । […]

उपत्यकाका मेयरको आग्रह : नाकामा सेना परिचालन गर, निषेधाज्ञा खुकुलो बनाऊ

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय जनप्रतिपनिधिहरुको फोरमको राय छ । […]

नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

२२ भदौ, काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले अनलाइन […]

सप्तरीको राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा

२२ भदौ, सप्तरी । सप्तरीको निषेधाज्ञा अब सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार राजविराज नगरपालिकामा आगामी भदौ २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यद्यपी निषेधाज्ञा जारी भएको ठाउँमा खाद्यान्न, तरकारी र फलफूलका पसलहरु बिहान ५ […]

उपत्यकामा निषेधाज्ञा कहिलेसम्म ? सीडीओकै मत बाझियो !

२१ भदौ, काठमाडौं । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले संयुक्त रूपमा निषेधाज्ञा जारी गरेका छन् । तर यो आदेश कहिलेसम्म जारी राख्ने भन्नेबारे उनीहरूकैै मत बाझिएको छ। काठमाडौंका सीडीओ उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरेर कडाइ गर्नुपर्छ, निषेधाज्ञा हटाउनुपर्छ भन्छन्, ललितपुरका सीडीओचाहिँ दशैंसम्म लगाउनुपर्छ भन्छन् । […]