Comments Add Comment

नेपाल कम्युनिस्ट पार्टी

List Grid
नेकपा सांसदको प्रश्न : अमेरिकी दूतावासले सरकारलाई स्पष्टीकरण सोधेको हो ?

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफ मागेकी छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले […]

नेकपा प्रवक्ता भन्छन् : सरकारलाई परिणामुखी बनाएपछि महाधिवेशन

२० भदौ, पोखरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई परिणाममुखी बनाएपछि मात्र पार्टी महाधिवेशनमा जाने बताएका छन् । सरकारलाई अझै प्रभावकारी र परिणाममुखी कसरी बनाउने अब छलफल सुरु हुने उनको भनाइ थियो । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठ भने, ‘सरकारबाट अहिलेसम्म भएका नीतिगत कामका सकारात्मक पक्षलाई अझ बढी जोड दिँदै […]

नेकपा सांसदको चेतावनी : एनसेल कर विवादको संसदले छानबिन गर्न नपरोस्

१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले एनसेल कर विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न उठाएका छन् । पूर्वकानूनमन्त्री समेत रहेका सांसद शेरबहादुर तामाङले एनसेल कर विवादमा सर्वोच्च अदालतले दुई मुद्दामा फरक फरक फैसला गरेको भन्दै यसले कर उठाउन ढिलो भएको बताएका हुन् । भदौ ९ गतेको सर्वोच्चको बृहत पूर्ण इजलासले ठूला […]

प्रधानमन्त्री भेट्न नेकपा महासचिव सिंगापुर प्रस्थान

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् । सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताए । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित […]

सुरु भयो नेकपाको सचिवालय बैठक

९ भदाै, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले  जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक […]

माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !

३ भदौ, काठमाडौं । सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’ प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम […]

अन्ततः नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले […]

ओली-प्रचण्ड छलफलपछि नेकपा सचिवालय बैठक फेरि सर्‍यो

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि बैठक स्थगित भएको हो । आइतवार अपरान्ह ३ बजेलाई तोकिएको बैठक सोमवारका लागि सारिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई […]

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह-इन्चार्ज

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो । ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने […]

नेतृत्वसामू नेकपा सांसदको गुनासै गुनासो

१६ असार, काठमाडौं । संसद प्रवेश गरेको ढेड वर्षपछि संसदीय दलमा पहिलो पटक अन्तर्क्रिया गर्न पाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नेतृत्वसामू गुनासाको भारी बिसाएका छन् । यसअघिका संसदीय दलका बैठकहरु शीर्ष नेतृत्वले भाषण गर्ने र सांसदहरुले सुन्ने थलो मात्र बनेको थियो । पछिल्लो बैठकमा केही सांसदले त्यसको विरोध गरे । सोमबार भने सांसदहरुलाई […]

भ्रष्टाचार र कमिशनतन्त्रले खडा गरेका चुनौती

भ्रष्टाचार र कमिशनतन्त्र शोषणयुक्त समाजको उपज हो । नेपालमा राजा, राणा र पञ्चहरुले सामन्तवाद र विकृत पूँजीवादलाई आदर्श मानेर भ्रष्टाचार र कमिशनतन्त्रलाई जीवनको अभिन्न अंग बनाए । ०३६ र ०४६ सालपछि भ्रष्टाचार र कमिशनतन्त्रले संस्थागत रुप लियो । प्रधानमन्त्री, मन्त्री, विशिष्ट पदमा नियुक्त ब्यक्ति र कर्मचारी मात्र होइन, उद्यमी, व्यवसायीहरु र विचौलियाहरु समेत जोडिदै जाँदा […]

नेकपा जिल्ला इञ्चार्ज छनोट प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्र

२३ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इञ्चार्ज र सहइञ्चार्ज चयन र पोलिटब्यूरो गठन तत्कालाई टरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि मात्र यो एजेण्डाले स्थान पाउने भएको छ । नेकपा सचिवालयमा तीन दिनदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज छनोटको मापदण्डबारे छलफल भएको थियो । बिहीबार […]

नेकपाको सचिवालय बैठक जारी, जनसंगठन एकीकरण टुंगो लगाइदै

२ जेठ, काठमाडौं । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ । नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि […]

ज्योतिषीले बताउन नसकेको नेकपाको भविष्य

जिल्ला तहको एकता टुङ्गो लगिसकेपछि अब नेकपाको भविश्य कस्तो होला ? यो प्रश्नको जवाफ केपी ओली र प्रचण्डलाई कसले दिने ? आदित्यले वा राजनीतिक विश्लेषणकहरुले ? प्रधानमन्त्री केपी शर्मा ओली आदित्यलाई खुबै मान्छन् । भलै, नेपाल आइडलसम्बन्धी आदित्यको भविष्यवाणी मिलेको थिएन । तथापि अन्य ज्योतिषी र बुद्धिजीवीसँग प्रधानमन्त्री ओली खुसी र विश्वस्त छैनन् । जिल्ला […]

नेकपा एकताप्रति व्यंग्य : फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको

१० वैशाख, पोखरा । कास्कीबाट नेकपा अध्यक्षमा दामोदर बैरागीको नाम सिफारिस हुँदा समर्थक थिए, सांसद कृष्ण थापा । एक व्यक्ति एउटा पदमा मात्र रहन पाउने नेकपाले नीति लिएपछि बैरागीको नाम पार्टीको केन्द्रीय समितिमा सर्वसम्मत गएको थियो । बैरागी अध्यक्ष बन्नेमा ढुक्क थिए । केही दिनअघि बैरागीले सामाजिक सञ्चालमार्फत अध्यक्ष बन्न लागेकोमा थुप्रै बधाइ पनि खाए […]

नेकपा एकताप्रति व्यंग्य : फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको

१० वैशाख, पोखरा । कास्कीबाट नेकपा अध्यक्षमा दामोदर बैरागीको नाम सिफारिस हुँदा समर्थक थिए, सांसद कृष्ण थापा । एक व्यक्ति एउटा पदमा मात्र रहन पाउने नेकपाले नीति लिएपछि बैरागीको नाम पार्टीको केन्द्रीय समितिमा सर्वसम्मत गएको थियो । बैरागी अध्यक्ष बन्नेमा ढुक्क थिए । केही दिनअघि बैरागीले सामाजिक सञ्चालमार्फत अध्यक्ष बन्न लागेकोमा थुप्रै बधाइ पनि खाए […]

नेकपा जिल्ला नेतृत्व चयनले माधव नेपाललाई राहत कि आहत ?

९ वैशाख, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवको नामलिष्ट हेर्न पाउँ भन्दा पनि देखाइएन । भोलिपल्ट सार्वजनिक भएको ७७ जिल्ला अध्यक्षको सूचीमा गौतम र श्रेष्ठ पक्षका एकएक जना मात्र परे । नेकपाको शक्तिशाली हाइकमाण्ड (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष […]

नेकपाका ९ केन्द्रीय सदस्य जिल्ला कमिटी सचिवमा घटुवा !

९ वैशाख,काठमाडौं । केन्द्रीय सदस्यलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिनेसम्म बिगतमा प्रयोग भएको अभ्यास थियो । तर नेकपाका ९ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिव बनाइएपछि पार्टीमा खैलाबैला मच्चिएको छ । तत्कालिन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा भएको सहमति अनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवा गरिएको छ । तर तत्कालिन माओवादीतर्फका ८ जना पूर्वएमालेका १ […]

नेकपामा गुटको अंकगणित : माधव नेपाललाई राहत कि आहत ?

९ वैशाख, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवको नामलिष्ट हेर्न पाउँ भन्दा पनि देखाइएन । भोलिपल्ट सार्वजनिक भएको ७७ जिल्ला अध्यक्षको सूचीमा गौतम र श्रेष्ठ पक्षका एकएक जना मात्र परे । नेकपाको शक्तिशाली हाइकमाण्ड (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष […]

नेकपाका ९ केन्द्रीय सदस्य जिल्ला कमिटी सचिवमा घटुवा !

९ वैशाख,काठमाडौं । केन्द्रीय सदस्यलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिनेसम्म बिगतमा प्रयोग भएको अभ्यास थियो । तर नेकपाका ९ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिव बनाइएपछि पार्टीमा खैलाबैला मच्चिएको छ । तत्कालिन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा भएको सहमति अनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवा गरिएको छ । तर तत्कालिन माओवादीतर्फका ८ जना पूर्वएमालेका १ […]

नेकपाको पोलिटब्युरो र जिल्ला कमिटी घोषणा हुँदै, जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने

८ वैशाख, काठमाडौं । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाउने प्रयास भइरहेको छ । सोमबार २२ अप्रिलको दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो । जिल्ला कमिटीका अध्यक्ष र सचिवका […]