Comments Add Comment

नेपाल वायु सेवा निगम

List Grid
वायुसेवा निगममा नयाँ पाइलट आउँदैनन्, आएकालाई जोगाउनै मुस्किल !

२६ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमले ९ फागुन २०७५ मा पाइलट र कोपाइलटका लागि दरखास्त आह्वान गर्‍यो । खासगरी आन्तरिक उडानका लागि निगमलाई २८ क्याप्टेन र २२ जना को-पाइलट चाहिएको थियो । तर, निगममा जागिर खान पाइलटहरुको उत्साह देखिएन । गत सोमबार आएको रिजल्ट अनुसार नवौं तहको सिनियर क्याप्टेनमा १३ जनाको आवेदन माग […]

नेपाली वायुसेवालाई खुल्ला त चिनियाँ आकाश ?

७ साउन, काठमाडौं । नेपाल र चीनबीच आगामी बिहीबार र शुक्रबार बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुँदैछ । वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली आज बेइजिङतर्फ प्रस्थान गर्दैछ । मन्त्रालय स्रोतका अनुसार चीनले नेपालमा भारतले पाएजस्तै ‘असीमित उडान र सिट सुविधा’ को अपेक्षा गरिरहेको छ । सन् […]

वाइडबडी खरिद प्रकरणः कारबाहीको सिफारिस गर्न सत्तारुढ सांसदको माग

९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् । लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको […]

वायुसेवा निगमले भन्योः संस्था उच्च जोखिममा छ, आर्थिक सहायता चाहियो

२९ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । खरेलले स्वेतपत्रमा भनेका छन्, ‘वायु […]

वायुसेवा निगमले भन्योः संस्था उच्च जोखिममा छ, आर्थिक सहायता चाहियो

२९ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । खरेलले स्वेतपत्रमा भनेका छन्, ‘वायु […]

लुक्लामा वायु सेवा निगमको एकाबिहानै ४ फ्लाइट

२० असोज, काठमाडौं । नेपाल वायु सेवा निगमले शनिबार बिहानै लुक्लामा चारवटा उडान भरेको छ । यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको छ । शनिबार बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ । ‘ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान […]

‘नेपाल वायु सेवा निगमलाई कहिलेसम्म दुहुने गाई बनाउने हो ?’

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले नेपाल वायु सेवा निगमलाई दुहुने गाई बनाईएको आरोप लगाएका छन् । भएका जहाज थन्काइ राख्ने र नयाँ नयाँ खरिद गर्ने प्रबृत्ति बढेको भन्दै उनले निगममा ठूलो अपचलनको आशंका गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उनले साना जहाज थन्काएर के गर्न खोजिएको हो ? […]

अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने

२९ मंसिर, काठमाडौं । विदेशबाट फर्कंदै गर्दा घरपरिवार र साथीभाइका लागि गिफ्ट किन्न छुट्न सक्छ । तर, नेपाल वायुसेवा निगमका विमानबाट स्वदेश फर्किंदै गरेका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुअघि नै उपहारका सामग्री खरिद गर्न सक्नेछन् । निगमले तीन महिनाभित्र यस्तो सेवा शुरु गर्दैछ । त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले […]

वाइडबडी हेर्न निगमको टोली फ्रान्स जाने, सिरियल नम्बर आयो

२५ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)ले खरिद गर्न लागेको दुईवटा वाइड बडी जहाज के कसरी निर्माण भइरहेको छ भनेर बुझ्न एक प्राविधिक टोली उत्पादन स्थलमा जाने भएको छ । जहाज किन्नका लागि अमेरिकी कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ बुझाइसकेको भए पनि निगमका अधिकारीहरुले अहिलेसम्म सो जहाज देखेका छैनन् । जहाजको निर्माण अवस्था बुझ्न […]

बायुसेवा निगमको नयाँ एयरबसका लागि ९ कम्पनीको आवेदन

२५ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा नयाँ एयरबस खरिदका लागि आव्हान गरेको बोलपत्रमा ९ कम्पनीले चासो देखाएका छन् । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारकाअनुसार युरोपसहित अमेरिका तथा दुबईका विभिन्न ९ वटा कम्पनीले नयाँ एयर बस खरिदमा लागि बोलपत्रमा आवेदन दिएका छन् । आवेदन गर्ने कम्पनीको विवरण आज सार्वजनिक गर्ने तयारी […]

१२ हजार फिटमा उडिरहेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ आएपछि…

१० असोज, काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा […]