+
+
Shares

नेपाल वायुसेवा निगममा ४ सञ्चालक माग, मन्त्री भन्छन् : अब्बललाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ८:२०

१२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै ४ जना सञ्चालक सदस्यका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।

मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ९१० बमोजिम तत्कालका लागि रिक्त ३ जना र आगामी ६ महिनाभित्र रिक्त हुने थप १ जना गरी जम्मा ४ जना सञ्चालक सदस्य नियुक्त गर्न लागिएको हो ।

यस पदमा प्रतिस्पर्धा गर्नका लागि वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

विभागीय मन्त्री खडकराज पौडेलले यसपटक निगमको सञ्चालक समितिमा उच्च योग्यता र इमानदारी भएका व्यक्तिहरूलाई मात्र प्रवेश गराइने दाबी गरेका छन्। उनले छनोट हुने ती ४ जनामध्येबाटै सर्वोत्कृष्ट एक जनाले निगमको नेतृत्व गर्ने अवसर पाउने बताएका छन् ।

सूचना सेयर गर्दै मन्त्री पौडेलले भनेका छन्, ‘इतिहासले अति अब्बल योग्यता र उच्च तहको इमानदारी मागेको छ। के तपाईंसँग दुइटै कुरा छन् रु अप्लाई गर्नुस्।’

उनले ऐनअनुसार नियुक्त हुने यी ४ सदस्यमध्येबाटै सबैभन्दा उत्कृष्ट ठहरिने एक जनालाई नेपाल वायुसेवा निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइने प्रष्ट पारेका छन्।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदन फाराम, उम्मेदवारको योग्यता, अनुभव, पेस गर्नुपर्ने कागजात, छनोट विधि र पारिश्रमिक लगायतका विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?