११ वैशाख, काठमाडौं । तनहुँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ । ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेका थिए ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेलाई जीपी अस्पताल बेलचौतारामा उपचारका लागि लगिएको छ । स्थानीय, प्रहरीसहित मिलेर उद्धारको काम भइरहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बस पाेखराबाट भैरहवाका लागि छुटेकाे थियो ।
घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धारको कार्य अघि बढाएको छ । ‘अहिलेसम्म कुनै हताहतीको खबर छैन । उद्धार चलिरहेको छ’, उनले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4