Comments Add Comment

पाठ्यपुस्तक

List Grid
हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]

कालीकोटमा पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

५ साउन, कालिकोट। कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन । जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो। वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल […]

विद्यालय तहमा जथाभावी पाठ्यपुस्तक छनोट, १ कक्षामै १० पुस्तक

१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]

पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो । सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो […]

समयमै पाठ्यपुस्तक छाप्न शिक्षामन्त्रीको निर्देशन

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनैपनि हालतमा विद्यार्थीलाई […]

काठमाडौं महानगरपालिकाको स्थानीय पाठ्यपुस्तक तयार

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । आगामी शैक्षिक सत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा […]

टिच फर नेपालले तयार पार्‍यो लकडाउन लक्षित पाठ्यपुस्तक

१४ भदौ, काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए । खनालका अनुसार […]

उदयपुरमा अझै पाठ्यपुस्तक पुगेन, शिक्षक–विद्यार्थी रनभुल्ल

२४ वैशाख, उदयपुर । नयाँ शैक्षिकसत्र सुरु भइसके पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठन–पाठन प्रभावित बनेको छ । जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्नमाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् । यस्तै माध्यमिक […]

त्रुटि नै त्रुटि भएको पुस्तक पढाउन प्याब्सनको दबाब

५ वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन् । ‘प्याब्सन साइन्स बुकमा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब […]

अब दुई मिनेटमै पुस्तक, पैसा तिर्न नपर्ने !

६ भदौ, काठमाडौं । गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार […]

शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा इलाममा पाठ्यपुस्तक पुगेन

१० असार, इलाम । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को अङ्ग्रेजी, […]

प्याब्सनद्वारा पाठ्यपुस्तकको ‘अवैध’ बिक्री, शिक्षा मन्त्रीले भने- कारबाही गर्छौं

४ जेठ, काठमाडौं । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनी रुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको छ । एमाओवादी निकट अखिल क्रान्तिकारीले त्यसलाई अवैध भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ । प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरिरहेको अखिल क्रान्तिकारीको भनाइ […]

अब सामुदायिक विद्यालयमा पनि रंगीन पुस्तक

२१ वैशाख, काठमाडौं । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि रंगीन पुस्तक पढ्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले १ देखि ५ कक्षासम्म चार रङ प्रयोग गरेर पाठ्यपुस्तक छाप्ने तयारी गरेको छ । निजी विद्यालयमा अध्ययन गर्नेले चार रङ प्रयोग भएका पुस्तक पढ्न पाए पनि सामुदायिक विद्यालयका विद्यार्थी भने यस्तो सुविधाबाट वञ्चित […]

पूर्वी क्षेत्रमा पुस्तकको अभाव कायमै

२० वैशाख, विराटनगर । वैशाखको पहिलो सातादेखिनै नयाँ सत्र सुरु भइसक्दा पनि पूर्वी क्षेत्रमा कक्षा ६ र ७ को पाठ्यपुस्तकको अभाव यथावत रहेको छ । जनक शिक्षा सामग्री केन्द्रीय कार्यालय, सानोठिमीद्वारा छपाइका साथै वितरण हुने गरिएका पुस्तकमा कक्षा ६ र ७ का पुस्तकको व्यापक अभाव देखिएको हो । सो केन्द्रले पुस्तकको छपाइ र वितरणमा ढिलाइ […]

रुपन्देहीमा आधा लाख विद्यार्थी पुस्तकविहीन

१६ वैशाख, बुटवल । रुपन्देहीमा आधा लाखभन्दा बढी विद्यार्थी पुस्तकविहीन भएका छन् । नयाँ शैक्षिक सत्र शुरु भएपनि विद्यार्थीहरु पुस्तक विनै विद्यालय जान बाध्य छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले कोही पनि विद्यार्थी नछुटोस् भनेर विद्यार्थी अभियानलाई तिव्रता दिइरहेको  छ । तर, भर्ना भएका मध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । पुस्तक नपाउनेमा सामुदायिक विद्यालयमा […]