Comments Add Comment

पेट्रोल पम्प

List Grid
आवासीय घरमा पेट्रोल पम्प !

२० असोज, गलकोट। बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन । बजारको न्यू धौलागिरी इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी […]

बेलायतमा इन्धन संकट चर्किँदै, पेट्रोलपम्पमै कुटाकुट

१० असोज, काठमाडौं । केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो । क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल पम्ममा उपभोक्ताहरूको भीड लाग्न थालेको छ । अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि बेलायत सरकारले प्रयास […]

प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता

३१ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पबाट एक करोड ३ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । असई दिलीप कार्कीले १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा […]

निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खोल्ने समय तोक्न माग

२३ वैशाख, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले निषेधाज्ञा अवधिमा पेट्रोल पम्पहरुको नियमित सञ्चालन समय तय गर्न माग गरेको छ । संघले पेट्रोलियम मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन र कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिन पनि सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको संकटपूर्ण अवस्थामा आयल निगमले पेट्रोल […]

निषेधाज्ञा अवधिमा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने

१५ वैशाख, काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक […]

उपत्यकाभरि पेट्रोल पम्परुपी ‘बमगोला’

१ पुस, काठमाडौं । आइतबार साँझ ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्यांकरमा आगलागी हुँदा पार्किङ गरिएका चारवटा मोटरसाइकल समेत जले । बस्तीबीचको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार पम्पले न्युनतम् सुरक्षा मापददण्ड पुरा नगरेको पाईएको बताउँछन् । […]

डिजलको अनुमति लिएर पेट्रोल बेच्ने पेट्रोल पम्प सिल

१२ मंसिर,बुटवल । नियम विपरीत काम गरेका कपिलवस्तुका दुईवटा पेट्रोल पम्पलाई नेपाल आयल निगमले सिल गरेको छ । तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल पम्प र डंगरीस्थित आदि शक्ति माता आयल सप्लायर्स बिहीबार सिल गरिएको हो । चिन्नीलालले डिजेल बिक्रीको अनुमति लिएर पेट्रोल पनि बिक्री गरेको तथा एक पेट्रोल पम्पले अर्को पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्न […]

कसरी हुन्छ पेट्रोल ट्यांकर र पम्पमा आगलागी ?

४ कात्तिक, काठमाडौं । पेट्रोलपम्पमा इन्धन खन्याउँदै गर्दा सोमबार राति रुपन्देहीको भैरहवामा ट्यांकरमै आगो लाग्यो । रुपन्देही प्रहरीका अनुसार पम्पको जमिनमुनी रहेको ट्यांकीमा पेट्रोल खन्याउँदै गर्दा ट्यांकरमा आगो दन्केको थियो । आगलागीबाट पम्पका अपरेटर नारायण खनाल सामान्य घाइते भएका छन् भने लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूर्णरुपमा नष्ट भएको छ । ट्यांकरमा रहेको १३ […]

पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी

४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो । आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार […]

पूर्व-पश्चिम र हुलाकी राजमार्गमा २० वटा पेट्रोल पम्प बनाउँदै निगम

२८ भदौ, काठमाडौं । पूर्व-पश्चिम र हुलाकी राजमार्गमा सुविधासम्पन्न ‘सेमी नमूना’ पेट्रोल पम्प बनाइने भएको छ । कार्डबाटै नगद भुक्तानी गर्नेदेखि सुविधा सम्पन्न पार्किङ, उच्च गुणस्तरको अग्नि सुरक्षा प्रविधि र खाजा घरसहितको २० वटा पम्प खोल्ने प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । यसअघि भैरहवामा निर्माण गरेर निगमले सञ्चालनमा ल्याएको प्रकृतिकै […]

घरभित्र कसरी छिर्‍यो पेट्रोल पम्प ?

५ भदौ, काठमाडौं । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ हेर्नुभयो भने एउटा रोचक दृष्य देख्नुहुन्छ । त्यहाँ एउटा पेट्रोल पम्प घरभित्रै निर्वाध सञ्चालित छ । कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा चलाइएको हो । घरका चार सटरमध्ये दुई सटरमा पम्पको हिसाब–किताब गर्ने डेस्क र […]

पेट्रोल पम्पका लागि मापदण्ड सहज बनाउँदै निगम

१० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पका सचालनका लागि आवश्यक पर्ने मापदण्डहरु खुकुलो बनाउने भएको छ । कडा मापदण्डका कारण पम्प सञ्चालनमा कठिनाई परेको भन्दै निगमले यसलाई सहज बनाउने तयारी गरेको हो । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मापदण्डका कारण ग्रामीण भेगमा पम्प सञ्चालन गर्न गाह्रो परेको […]

चितवनमा साढे २ सय सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

७ कात्तिक, चितवन । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ […]

तेलमा ठगी गरेको पुष्टि भएपछि ललितपुरका दुई पेट्रोल पम्पमा शिलबन्दी

१४ जेठ, काठमाडौं । सरकारले ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो । अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी […]

सरकारी पम्पमा फेरि तेलको लाइन

२५ साउन, काठमडौं । उपभोक्ताले सवारीसाधनमा तेल भर्न लाइन लाग्नुपर्ने वाध्यता अहिले पनि हटेको छैन । निजी पम्पहरु साँझ परेपछि मात्रै खुल्न थालेपछि सरकारी पम्पमा लाइन बढेको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पनि तेल भर्ने सवारीसाधनको लाइन हुने गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । […]

गाडी बिग्रिएपछि पेट्रोल पम्पमा शील

३ साउन, बिदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बट्टार बजारमा रहेको भैरबी आयल स्टोर्स प्रालि बन्द गराएको छ । उक्त पेट्रोल पम्पमा तेल हालेको गाडीको इन्जिन बिग्रिएपछि अनुसन्धानका लागि पेट्रोलपम्पमा शीलबन्दी गरिएको हो । अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्न लागि समेत स्थानीय प्रशासनले पम्पलाई निर्देशन दिएको छ । उक्त पम्पले आइतबार साँझ बिक्री गरेको पेट्रोलमा […]

अभावको हल्लापछि पेट्रोल पम्पमा उपभोक्ताको लाइन

१५ वैशाख, काठमाडौं । काठमाडौंमा पम्पहरुमा फेरि पेट्रोल भर्न मोटरसाइकल र कारहरुको लामो लाइन देखिएको छ । ‘तेल अभाव भएको’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल आयल निगमको दावी छ । आयल निगमले तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयल निगमका वितरण विभाग […]

पेट्रोलः बजारमा फालाफाल, पम्पमा हाहाकार

१४ वैशाख, रौतहट । रौतहटका पेट्रोल पम्पहरुको प्रभावकारी अनुगमन नहुँदा पेट्रोलियम पदार्थको कालोबजारी बढेको छ । रौतहटका पम्पहरुमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्प अगाडि नै बोतलमा राखेको खुल्ला पेट्रोल महंगो मूल्यमा किनबेच भइरहेको हुन्छ । एकसाता अघिदेखि जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो । डिजल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । […]