Comments Add Comment

प्रहरी महानिरीक्षक

List Grid
प्रहरीमा एआईजीको दरबन्दी थप्न सैद्धान्तिक सहमति, भावी आईजीपीका प्रतिस्पर्धी थपिने

९ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीले एआईजीको एउटा दरबन्दी थप्ने सैद्धान्तिक सहमति भएको अनलाइनखबरलाई बताए । उनका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा एआईजीको दरबन्दी थप्ने विषयमा छलफल भएको थियो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत […]

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

५ जेठ, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान घरमै निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय

२५ मंसिर, काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं […]

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिह्न

२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न […]

निवर्तमान आईजीपीले भने – सधैँ थकथकी लागि रहनेछ

२५ असार, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महामारीका कारण सबै योजना थाँती राख्नु परेकोमा सधैँ थकथकी लागि रहने बताएका छन् । प्रहरीमा सेवाको अन्तिम दिन बुधबार धन्यवाद सन्देश जारी गर्दै उनले संगठनको हितमा पाइला चाल्न नपाउँदै कोभिड–१९ (कोरोना) भाइरसको महामारीले गाँजेका कारण सबै योजना रोकिएको बताएका हुन् । यद्यपि, विषम परिस्थितिमा राष्ट्रले सुम्पिएको […]

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक […]

शैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी

२३ असार, काठमाडौं । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए […]

आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी

१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]

झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

२८ माघ, काठमाडौं । जतिबेला सर्वेन्द्र खनाल डीआईजीबाट सीधै प्रहरी महानिरीक्षक (आईजीपी) मा फड्को मार्दै थिए, उनलाई आम नागरिकले ‘सेलिब्रेटी’ का रुपमा चिनिसकेका थिए । मंगलबार डीआईजीबाट आईजीपीमा उसैगरी ‘जम्प’ हानेका ठाकुर ज्ञवालीका बारेमा भने धेरैलाई थाहा छैन । नवनियुक्त ज्ञवाली सर्वेन्द्र खनालजस्ता ‘सेलिब्रेटी’ होइनन् । ‘सेलीब्रेटी’ नभएर के भो ! आईजीपी ज्ञवाली भाग्यमानीचाहिँ अवश्यै […]

युवा दुर्व्यसनमा फसेर जघन्य अपराध बढ्यो : आईजीपी खनाल

१ चैत, धरान । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् । उनले दुर्व्यसनकै कारण समाजमा जघन्य अपराध पनि बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणको प्रभावकारी कार्यान्वय जरुरी रहेको बताए । धरान-६, पानबारीमा आसरा सुधार केन्द्रको नवनिर्मित शाखाको शुक्रबार उद्घाटन गर्दै आईजीपी खनालले अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रणका लागि […]

भ्रष्टाचार मुद्दामा पूर्वआईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ

२० मंसिर, काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो । विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ […]

आईजीपी खनालको निर्देशन : गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, लोभमा नपर्नू

२ बैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए । आइतबार प्रहरी क्लब, […]

प्रहरी महानिरीक्षकको निर्देशन– गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, लोभमा नपर्नू

२ बैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए । आइतबार प्रहरी क्लब, […]

सर्वेन्द्र खनाल: ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

२७ चैत, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । हाल महानगरीय ट्राफिक प्रहरीका प्रमुख रहेका उनले प्रहरी संगठनभित्र जिम्मेवार र काबिल अफिसरको रुपमा परिचय स्थापित गराएका […]

दुवै प्रहरीको आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद बैठक बोलाइयो

२७ चैत, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक साँझ साँढे सात बजे बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दुवै संगठनको आइजिपी नियुक्ति गर्ने स्रोतले जनाएको छ । बुधवारदेखि नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अवकाश हुँदैछन् । […]

के गर्दैछन् प्रहरी महानिरीक्षक प्रकाश अर्याल ?

१६ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्याल नक्सालस्थित प्रधान कार्यालय परिसरको सरकारी निवासमै रहेको कुरामा कुनै सन्देह छैन । तर, उनी कमै मानिसहरुको सम्पर्क छन् । उनको काम गर्ने शैली अन्य पूर्वआइजीपीहरुको भन्दा फरक रहेको कतिपय प्रहरी अधिकारीहरुको अनुभूति छ । केही समय आइजीपी अर्याल घाँटीको समस्याका कारण उपचार र आराम गरिरहेका थिए । […]

प्रहरी प्रमुख अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा

७ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना […]