+
+
Shares

न्यायाधीश मल्लको आग्रह : गृहमन्त्री र प्रहरी महानिरीक्षकले महिला प्रहरीबाट सुरक्षा लिनुस्

नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले भीभीआईपी र भीआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छन्।
  • न्यायाधीश मल्लले महिला प्रहरीलाई भीभीआईपी र भिआईपी सुरक्षामा खटाउनुपर्ने र महिलाले सुरक्षा दिने वर्ग पनि हुन सक्ने बताएकी छन्।
  • उनले प्रहरीमा महिला प्रमुख हुने चाहना राखेकी छन् र महिलाको क्षमतामा आधारित निर्णय गर्न सुझाव दिएकी छन्।

५ भदौ, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छन् ।

नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले भीभीआईपी र भीआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी हुन् ।

महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापालाई आग्रह गरिन् । ‘म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अब यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईंहरु उदाहरण बनिदिनुस् ।’

प्रहरीमा पनि महिला प्रमुख भएको हेर्ने चाहना रहेको उनले बताइन् । महिलाको क्षमता नहेरी लिंगका आधारमा केही गर्न सक्दैनन् भन्ने अनुमान त्याग्न उनले सुझाव दिइन् ।

पछिल्लो समय महिलाहरु धेरै क्षेत्रमा अगाडि बढिरहेको उनले उदाहरण दिइन् । शून्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागिता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?