+
+
Shares

पुटिनले अलास्कामा इन्धन शुल्क नगदै तिर्न परेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:१४

५ भदौकाठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका भ्रमणमा रेड कार्पेटको स्वागत पाए । १५ अगस्टमा अलास्का पुगेका भ्रमणको क्रममा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हाबी भएको चर्चा छ ।

तरफर्कने बेला उनलाई अमेरिकी प्रतिबन्धका कारण केही अप्ठ्यारो पर्‍यो । जब फर्कने बेला उनले आफ्ना विमानहरूमा इन्धन भर्नुपर्ने भयोअमेरिकी प्रतिबन्धका कारण रूसले अनलाइनबाट भुक्तानी गर्न सकेन । फलतः झन्डै साढे तीन करोड रूपैयाँ रूसले नगद नै तिर्नुपर्‍यो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दिएको जानकारी अनुसार अमेरिकी प्रतिबन्धका कारण उनको टोलीले नगदमा भुक्तानी गर्नुपरेको थियो।

अलास्का भ्रमणका लागि रूसी प्रतिबन्धलाई आंशिक हिसाबले अल्पकालका लागि खोलिएको थियो ।

रुबियोका अनुसाररूसी विमान अलास्कामा अवतरण भएपछि इन्धन आवश्यक भयो। तर अमेरिकी बैंकिङ प्रणाली प्रयोग गर्ने अनुमति नभएकाले नगद तिर्नुपरेको थियो।

रुबियोले प्रष्ट पारे, ‘रूसमाथि लागेका सबै प्रतिबन्ध अझै लागू छन् र त्यसको असरले रूसलाई दैनिक रूपमा कठिनाइ परेको छ। तर यसको असर युक्रेन युद्ध रोक्नमा परेको छैन।

यसको अर्थ प्रतिबन्ध गलत थियो भन्ने होइनतर यसले परिणामलाई मात्र परिवर्तन गर्न सकेको छैन,’ उनले भने।

रूसी टोलीका सदस्यहरू र उनीहरूसँग आएका पत्रकारहरूले पनि अमेरिकामा बस्दा स्थानीय मोबाइल नेटवर्क प्रयोग गर्न नसकेको र बैंक कार्डले समेत काम नगरेको बताएका थिए।

पुटिनको टोली करिब ५ घण्टा अलास्कामा बस्यो। ट्रम्प र पुटिनबीचको भेटघाट करिब ३ घण्टा लामो रह्यो। तर यस भेटमा युक्रेन युद्ध अन्त्य गर्नेबारे कुनै ठोस सहमति बन्न सकेन ।

एनबीसीका अनुसार लामो दूरीको एक विमानलाई इन्धन भर्न अहिलेको मूल्यअनुसार करिब ८५ हजार अमेरिकी डलर पर्छ । पुटिन प्रायः तीनवटा विमानसहित यात्रा गर्छन् ।  

अमेरिकी अधिकारीहरूले अलास्कामा १५ अगस्टमा ट्रम्प र पुटिनबीच भएको सम्मेलन सहज बनाउन २० अगस्टसम्मका लागि प्रतिबन्धित रूसी अधिकारीहरूलाई अस्थायी यात्रा छूट दिएका थिए।

यसअघि पनि यसै वर्षक्रेमलिनका विशेष आर्थिक दूत किरिल दिमित्रिएभलाई पनि यस्तै छुट दिइएको थियो। उनी अप्रिलमा अमेरिकाको राजधानीमा ट्रम्पका दूत स्टिभ विटकफसँग छलफलका लागि गएका थिएयद्यपि उनी प्रतिबन्धको सूचीमै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?