+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

७९ दिनदेखि रास्वपाले मागिरहेछ गृहमन्त्रीको राजीनामा

सांसद चौधरीले गृहमन्त्री लेखकले विगतमा गरेका कतिपय प्रतिवद्धता समेत पूरा नगरेको भनेर प्रश्न समेत उठाएका छन् । सहकारी ठगीका आरोपित जिबी राई पक्राउ नगरेको उनको आरोप छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १४:०७

२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । यो उसको नयाँ माग होइन ।

विगत ७९ दिन देखि संसद्मा रास्वपाले भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय उठाउँदै आएको छ । यो विषयमा रास्वपाले उच्चस्तरीय छानबिन हुनुपर्ने सर्त राखेको छ। यो विषयमा निश्पक्ष र स्वतन्त्र छानबिन तथा अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने रास्वपाको आग्रह छ ।

बुधबार पनि प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकले राजीनामा मागे ।

‘नैतिकताको घडीले कोहीको लागि त घण्टी नै बजिसक्यो। तर कोहीका लागि ब्याट्री नै निकालेको जस्तो भएको छ’ सांसद चौधरीले भने, ‘हामी निरन्तर भिजिट भिसा प्रकरणको आवरणमा भएको भ्रष्टाचारको छानबिन लागि गृहमन्त्री माननीय रमेश लेखक ज्यूको राजीनामा माग गरिरहेका छौं ।’

यी लगायतका माग राखेर आफूहरू आन्दोलनमा रहेको र माग पूरा नभएसम्म आन्दोलन गरिरहने बताए ।

सांसद चौधरीले गृहमन्त्री लेखकले विगतमा गरेका कतिपय प्रतिवद्धता समेत पूरा नगरेको भनेर प्रश्न समेत उठाएका छन् । सहकारी ठगीका आरोपित जिबी राई पक्राउ नगरेको उनको आरोप छ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’
सांसद चौधरीले गिरिवन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर पनि गृहमन्त्री लेखकलाई प्रश्न गरे ।

‘गिरिवन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’ आफ्ना कुरा राखेर आज पनि रास्वपा र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक छाडेर बाहिरिए ।

रास्वपा र राप्रपाले यस्तै गर्दै आएको आज ७९ दिन पुगेको छ । सुरुदेखि नै रास्वपाले भिजिट भिसा प्रकरणको निश्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन हुनुपर्ने र निश्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?