+
+
Shares

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १७:११

२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् ।

आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रुपमा सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन् । पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी)बाट यो निर्णय पारित समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबी नारायण काफ्लेले बताए ।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ । यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ ।

पाँच प्रतिशतका दरले प्रहरीमा यस्तो कर्जा उपलब्ध गराउँदै आइएको छ । यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?