Comments Add Comment

फुड बैंक

List Grid
बुटवलमा पनि सञ्चालन भयो फुड बैंक

१६ भदौ, बुटवल । लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा […]

फैलिँदै फुड बैंक : दिनेलाई सन्तोष, लिनेलाई सम्मान

१४ भदौ, काठमाडौं । कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाड-मछाड चल्यो । तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । […]

भैरहवामा पनि खुल्यो फुड बैंक

११ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका बेलामा  उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ । फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, […]

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’

९ भदौ, विराटनगर । मोरङको केराबारी क्षेत्रको एउटा बन्द सटरमुनि टेबुल । टेबुलमाथि चामल, दाल लगायतका खाद्यान्नका पोका । सटरमा टाँसिएको सेतो कागजमा लेखिएको छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ । झट्ट हेर्दा कतिपयलाई यो के होला भन्ने लाग्न सक्छ । तर यो हो स्थानीय युवाहरुले सन्चालन गरेको ‘फुड बैंक’ । लकडाउनका कारण मर्कामा परेका […]