Comments Add Comment

बर्ड फ्लु

List Grid
ललितपुरको नख्खुमा पनि बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट

१७ चैत, काठमाडौं ।ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी […]

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

१४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले अनलाइनखबरलाई बताए । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । प्रवक्ता ढकालका अनुसार […]

काठमाडौंमा फेरि देखियो बर्ड फ्लु

२८ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखा परी नियन्त्रण भएपछि वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल […]

तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा   

२३ माघ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो । उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको […]

नेपालमा कुखुरामा देखिएको छैन बर्ड फ्लु

१८ माघ, काठमाडौं । भारतका विभिन्न सहरमा फैलिएको बर्डफ्लू नेपालमा पनि पुष्टी भएको छ । तर हालसम्म कुखुराको कुनै पनि प्रजातीमा रोगको संक्रमण नदेखिएको कृषि विकास मन्त्रालयले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताए । अघिल्लो वर्ष काठमाडौंमा […]

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

१७ माघ, काठमाडौं । काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि […]

बर्ड फ्लु भित्रन नदिन पर्सामा उच्च सतर्कता

२९ पुस, वीरगञ्ज । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गरेको छ । बर्ड फ्लु भित्रिन नदिन सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । […]

भारतभर फैलियो बर्ड फ्लु

२७ पुस, काठमाडौं । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल […]

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता अपनाउन निर्देशन

२२ पुस, काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न […]

कोरोना महामारीका बीच भारतमा फैलियो बर्ड फ्लु

२२ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१८) को महामारी नरोकिँदै भारतमा बर्ड फ्लुको प्रकोप बढेको छ । भारतका धेरै राज्यमा बर्ड फ्लु फैलिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतको मध्यप्रदेश, राजस्थान, केरला, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पन्छीहरु अचानक मरेका छन् । भारतमा बर्ड फ्लु फैलिएको विषयमा विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । […]

मकवानपुरमा पन्छीजन्य पदार्थको ओसारपसार खुल्यो

१ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ७ नागश्वतीको एक कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि स्थानीय प्रशासनले पन्छीजन्य पदार्थको ओसारपसारमा लगाएको रोक शुक्रबारदेखि खुला गरेको छ । बर्ड फ्लुको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारदेखि लागू हुने गरी पन्छीजन्य उत्पादन ओसारपसारमा प्रतिबन्ध लगाएको थियो । तर शुक्रबार व्यवसायीसँगको छलफलपछि प्रशासनले शिल गरेको क्षेत्रबाहेक अन्यत्रको पन्छीजन्य उत्पादन बिक्री […]

चितवनमा बर्ड फ्लु भेटिएको पुष्टि

४, जेठ, चितवन । कुखुरापालनको राजधानी मानिएको चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमुना परीक्षण गर्दा वर्ड फ्लु भएको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए । स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा […]

पोखरामा फेरि बर्ड फ्लु देखियो, चार सय कुखुरा मारियो

२२ फागुन, कास्की । पोखरामा फेरि अर्को ठाउँमा बर्ड फ्लु देखिएको छ । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेका कुखुरामा बर्ड फ्लु देखिएको ठ्याक्कै एक हप्तापछि सोही क्षेत्र नजिक रहेको दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्ड फ्लु देखिएको हो । केसीको कुखुरा फारम यसअघि पनि बर्ड फ्लु देखिएको परियारको कुखुरा फारम भन्दा करीब डेढ सय मिटरको […]

पोखरामा बर्ड फ्लु भेटियो, खाल्टेमसिना संकटग्रस्त क्षेत्र घोषित

१४ फागुन, पोखरा । यस वर्ष नेपालमै पहिलोपटक पोखरामा बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः देखा परेको हो । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा […]