Comments Add Comment

बालाजु बाइपास

List Grid
बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने

१८ चैत, काठमाडौँ ।  काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको  छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करीब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । […]

बालाजु बाइपासमा घर भत्काइएका घरधनीलाई क्षतिपूर्ति देऊ : मानव अधिकार आयोग

१६ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालाजु बाइपास क्षेत्रमा काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काएका ३९ घरधनीलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ । आयोगले विना सूचना ठूलो संख्यामा प्रहरी परिचालन गरेर सम्पत्ति नष्ट पारिएको भन्दै आयोगले यसले व्यक्तिको आवास र सम्पत्तिको हक हनन भएको बताएको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले […]

‘सिनेमा हल जोगाउन मन्त्रीज्यूले ढाँटेका दश प्रमाण’

३ भदौ, काठमाडौं । बालाजुका सडक पीडितहरूले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो सिनेमा हल जोगाउन झुटमाथि झुट बोलेको बताएका छन् । राज्यमन्त्री मानन्धरले ‘अतिक्रमण गरेर बनाइएका ३८ घर भत्काइएको’ भन्ने दाबीमा तथ्यहीन र मनगढन्ते तर्क रहेको उनीहरूको भनाइ छ । अनलाइनखबरमा ‘मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !’ शीर्षकको समाचार ३२ साउनमा प्रकाशित […]

सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासमा प्रदर्शन

२७ साउन, काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासीले प्रदर्शन गरेका छन् । बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए । बालाजु बाइपासमा २०१७ सालसम्म […]