Comments Add Comment

बीमा कम्पनी

List Grid
कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्

३० भदौ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् […]

‘बीमा संस्थान र बीमा कम्पनीलाई किन कारबाही हुँदैन ?’

८ भदौ, काठमाडौं । बीमा क्षेत्रमा देखिएको बेथिति रोक्न नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिलाई प्रश्न गरेको छ । सरकार समेतको लगानी रहेका दुई कम्पनीहरुमा मनपरी धेरै देखिएको भन्दै महालेखाले प्रश्न उठाएको हो । दुई कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरुले लामो समयदेखि सामान्य नीति नियम समेत पालना […]

नयाँ बीमा कम्पनीको लाइसेन्स लिन ६ कम्पनी दौडधुपमा

७ असार, काठमाडौं । विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । केही साता अघि नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । त्यसपछि बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् । अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि […]

राष्ट्रिय बीमा कम्पनीको मनपरीमा अर्थमन्त्रीको संरक्षण !

१३ साउन, काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । लेखा परीक्षण नगराउने, साधारण सभा नबोलाउने, कर्मचारी नियुक्तिमा मनपरी गर्नेलगायतका अपारदर्शी कामहरु पछिल्ला दिनमा झन् बढ्दै गएका छन् । पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री बनेसँगै बीमा कम्पनीको बेथिति रोकिने सरोकारवालाहरुको अपेक्षा थियो । तर, डा. खतिवडाले […]

रोकिएको एक दिनपछि नै पुनः सुरु भयो कोरोना बिमा

२३ जेठ, काठमाडौं । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि  कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना […]

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका […]

बीमा कम्पनीलाई नियामकको निर्देशन– पूर्वस्वीकृति नलिई उपहार नबाड्नू

१५ फागुन, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जथाभावी उपहार वितरण गर्न अंकुश लगाएको छ । विशेष गरेर कम्पनीले अभिकर्ताहरुलाई नगद तथा जिन्सी उपहार बिक्री-वितरण गरेको गुनासो बढेपछि पूर्वस्वीकृति लिएर मात्रै उपहार दिन समितिले निर्देशन दिएको हो । जथाभावी उपहार बाड्दा अस्वस्थ प्रतिष्पर्धा बढेको र बीमा बजारलाई नै नकारात्मक असर पार्ने भएपछि पूर्वस्वीकृति […]

बीमा कम्पनीमा १५ वर्ष चलेको ‘कमिशनको जालो’ तोडिँदै

३० मंसिर, काठमाडौं । बीमा कम्पनीभित्र १५ वर्षसम्म कमिशनको जालो बलियो बनेको थियो । कम्पनीहरुले नै त्यो प्रणालीलाई प्रश्रय दिएका थिए । बीमा समितिले त्यसलाई देखेर पनि नदेखेझै गरिरहेको थियो । तर, अब त्यो जालो भताभुंग हुन थालेको छ । र, यससँगै केही व्यक्तिहरु आन्दोलनमा उत्रन थालेका छन् । अहिले बीमा कम्पनीभित्रको यही कशिनको खेललाई […]