Comments Add Comment

भरतमोहन अधिकारी

List Grid
भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक पढाउने

२२ वैशाख, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६ औं जन्म जयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रम मार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो । फाउण्डेशनका तर्फबाट भरतमोहनकी पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक […]

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

१८ फागुन, विराटनगर । नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन र भरतमोहन अधिकारी दाजुभाइको योगदान ठूलो छ । २५ वर्षअघि सरकारमा पुग्दा दाजुभाइले सुरु गरेको वृद्धभत्ता अहिले हरेक दलको महत्वपूर्ण चुनावी एजेण्डा बन्ने गरेको छ । नेपालमा पहिलो पटक कम्युनिस्ट दललाई सरकारमा पुर्‍याएको श्रेयको प्रमुख भागीदार यी अधिकारी दाजुभाइको परिवारका कोही सदस्य पनि अहिले पूर्णकालीन राजनीतिमा छैनन् […]

बिराटनगरमा जीवितै छ भरतमोहनको ल फर्म !

२० फागुन, बिराटनगर । ०२८ सालमा भरतमोहन अधिकारीले स्थापना गरेको कोशी ल फर्म बिराटनगरमा अझै छ । करिब २ दशक बिराटनगरमा रहेर वकालत पेसा गरेका अधिकारी ०५१ सालको मध्यावधि निर्वाचनमा बिजयी भएपछि पूर्णकालीन राजनीतिमा लागे । भरतमोहनले स्थापना गरेको कोशी ल फर्ममा कमल कोइराला, सुमन प्याकुरेल र उमेशचन्द्र न्यौपानेले साझेदार थिए । भरतमोहन हिँडेपछि कमल […]

‘मातृकाप्रसाद कोइरालाले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने’

१९ फागुन, काठमाडौं । आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो । त्यही पहिलो कम्युनिस्ट सरकार अनि तीनै दाजुभाइले अर्को रेकर्ड […]

भरतमोहन : सुनसरीका ज्वाइँ, मोरङका वकिल !

भरतमोहन अधिकारीलाई काठमाडौंले अर्थविदको परिचय दियो । आफ्नो ‘गाउँ आफैँ बनाऔं’ र सामाजिक सुरक्षा भत्ता वितरणको अभियन्ता बनायो । हो पनि । तर, उनको खास, मोरंगीया परिचय हो, ‘वकिल सा’ब ।’ ‘मोरंगीया’, अर्थात् अहिलेको मोरङ र सुनसरी जिल्लाको भेग । २०१५ सालको आम निर्वाचनसम्म सुनसरी भन्ने अलग्गै जिल्ला थिएन । पछि भौगोलिक विभाजनमा मोरङको पश्चिमी […]

‘भरतमोहनलाई बृद्धभत्ताले नै सम्झाइरहनेछ’

१९ फागुन, काठमाडौं । विभिन्न पार्टीका नेताहरुले दिवंगत नेता भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीका रुपमा चित्रण गरेका छन् । अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन नेपाल कम्युनिस्ट पार्टीको कार्यालय धुम्बाराहीमा पुगेका नेताहरुले अधिकारीले अर्थमन्त्री हुँदा ल्याएको ‘बृद्धभत्ता’ र ‘आफ्नो गाउँ आफै‌ं बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमलाई नै बढी सम्झिए । नेता अधिकारीका विषयमा विभिन्न नेताहरुले राखेको धारणा यहाँ […]

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

१९ फागुन,  काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो […]

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय

१९ फागुन, काठमाडाैं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेकाे हाे । ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र […]

भरतमोहन : सुनसरीका ज्वाइँ, मोरङका वकिल !

भरतमोहन अधिकारीलाई काठमाडौंले अर्थविदको परिचय दियो । आफ्नो ‘गाउँ आफैँ बनाऔं’ र सामाजिक सुरक्षा भत्ता वितरणको अभियन्ता बनायो । हो पनि । तर, उनको खास, मोरंगीया परिचय हो, ‘वकिल सा’ब ।’ ‘मोरंगीया’, अर्थात् अहिलेको मोरङ र सुनसरी जिल्लाको भेग । २०१५ सालको आम निर्वाचनसम्म सुनसरी भन्ने अलग्गै जिल्ला थिएन । पछि भौगोलिक विभाजनमा मोरङको पश्चिमी […]

पूर्वमन्त्री अधिकारीको निधनप्रति देउवाद्वारा दुख व्यक्त

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति दुख व्यक्त गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी देउवाले अधिकारीको निधनले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ र आफूले सहृदयी मित्र गुमाएको बताएका छन् । ‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासंगै यो क्षण म […]

‘मातृकाप्रसाद कोइरालाले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने’

१९ फागुन, काठमाडौं । आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो । त्यही पहिलो कम्युनिस्ट सरकार अनि तीनै दाजुभाइले अर्को रेकर्ड […]

अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

१९ फागुन, काठमाडौं । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । अधिकारीको सम्मानमा मिनेट मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई […]

भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त

१९ फागुन, काठमाडौं । नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो । यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र […]

अधिकारीको निधनले पार्टी र देशलाई ठूलो क्षति : भीम रावल

१९ फागुन, काठमाडौं । नेकपाका नेता भीम रावलले नेता भरतमोहन अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति भएको बताएका छन् । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा पुगेका रावलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेपाललाई समृद्धिको दिशामा लैजान चिन्तनशील अधिकारीको निधनले अपुरणीय क्षती पुगेको बताएका हुन् । अधिकारी दुई पटक अर्थमन्त्री रहँदा दुवैपटक मन्त्रिपरिषद सदस्यसमेत […]

बाबुरामको सम्झनामा भरतमोहन : सधैं हसमुख रहने असल मान्छे

१९ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेता भरतमोहन अधिकारीको सुकर्मको सम्झना नेपाली जनताले सधैंभरि गरिरहने बताएका छन् । अधिकारीको निधनले आफू मर्मात भएको पनि डा. भट्टराईले बताएका छन् । डा. भट्टराईले अधिकारीलाई ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा’को संज्ञा दिएका छन् । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा आदरणीय अग्रज भरतमोहन अधिकारीको […]

भरतमोहन अधिकारीको पार्थिव शरीर नेकपा कार्यालयमा

१९ फागुन, काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव […]

नेकपा नेता भरतमोहन अधिकारी अचेत, ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखियो

१७ फागुन,काठमाडौं । पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा […]

सरकारले ९ महिना खेर फाल्यो, कसैले राम्रो भन्दैनन्

नेपालका पहिलो कम्युनिस्ट सरकार ०५१ मंसिर १४ गते गठन भएको थियो । मनमोहन अधिकारी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, त्यसको भोलिपल्ट उहाँले मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हामीले करिब ९ महिना अल्पमतको एकल सरकार सञ्चालन गर्ने मौका पाएका थियाैं त्योबेला । अहिले त्यो बेलाको मनमोहन नेतृत्वको नौ महिना सम्झिएर अहिले केपी ओली नेतृत्वको ९ महिनाको […]

शेरबहादुरले यसरी ढाले मनमोहनको सरकार

गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरिसकेपछि भएको ०५१ सालको मध्यावधि निर्वाचनमा कुनै पार्टीको पनि बहुमत आएन । कांग्रेसका संसदीय दलको नेता शेरबहादुर देउवा त्यसबेला पनि संसदीय दलको नेता हुनुहुन्थ्यो । कांग्रेसले त्यसबेलाको संविधानको व्यवस्था अनुसार लोकेन्द्रबहादुर चन्दलाई मिलाउने प्रयास गरेको थियो । तर, राप्रपा विपक्षमा बस्यो । चुनावमा कुनै पनि पार्टीले बहुमत पुर्‍याउन नसकेपछि संविधानमै भएको […]

भरतमोहनको प्रस्तावः जसको नेतृत्वमा सहमति, उसकै नेतृत्वमा राष्ट्रिय सरकार

२ असार, काठमाडौं । नेकपा एमालेका नेता भरतमोहन अधिकारीले जसको नाममा सहमति हुन्छ, उसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेका छन् । २०७४ माघभित्र तीन वटा चुनाव गरेर संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकार आवश्यक रहेको उनको निष्कर्ष छ । पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता अधिकारीले राष्ट्रिय सहमतिको सरकार गठन सहितका एजेण्डामा छलफल गर्न १६ […]