Comments Add Comment

भालु

List Grid
भालुको आक्रमणबाट दम्पती घाइते

२७ वैशाख, काठमाडौं । पर्सामा भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका ६२ वर्षीय हरिलाल पकवाल र उनकी ५६ वर्षीया श्रीमती विष्णुमाया रहेकी छन् । घरनजिकैको रामबुद्ध सामुदायिक वनमा घाँस काट्न जानेक्रममा दम्पतीलाई सोमबार दिउँसो करिब १२ बजेतिर भालुले आक्रमण गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी […]

डोटीमा भालुको आक्रमणमा परी दुईजना गम्भीर घाइते   

२४ पुस, डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । बिहीबार साँझ खेतबारीको […]

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

२१ पुस, गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका […]