+
+
Shares

दोलखामा भालुको आक्रमणबाट एकजनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार भालुको आक्रमणबाट बैतेश्वर गाउपालिका वडा नं. ०३ ठाडे नयाँ बस्ती बस्ने बर्ष ५९ को टेक बहादुर तामाङको मृत्यु भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखामा जंगली भालुको आक्रमणबाट टेक बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • टेक बहादुर तामाङ जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको थियो।
  • यसअघि दोलखाकै भालुखोप जंगलमा भालुको आक्रमणबाट दिलिप लामालाई घाइते भएको थियो।

३० असोज, काभ्रेपलाञ्चोक। दोलखामा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार भालुको आक्रमणबाट बैतेश्वर गाउपालिका वडा नं. ०३ ठाडे नयाँ बस्ती बस्ने बर्ष ५९ को टेक बहादुर तामाङको मृत्यु भएको जानकारी दिए ।

आफ्नै घर देखी २०० मिटर पुर्ब तर्फ जंगलमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यस अघि दोलखाकै भालुखोप जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट जीरी नगरपालिका ८ निगाले बस्ने वर्ष ३८ को दिलिप लामा घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?