News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको तामाकोशी गाउँपालिका-४ मा मतपेटिका लुटिएपछि मतदान रोकिएको छ र हराएका मतपत्रमध्ये ४४ वटा फेला परेका छन्।
- मतपत्र लुट्ने क्रममा अन्य दलका प्रतिनिधिले निर्वाचन कर्मचारीमाथि हातपात गरेका थिए र प्रहरीले हवाई फायर गरेको थियो।
- मतदान स्थलमा मतदाता र दलका कार्यकर्ताहरू नहुँदा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्णय गर्नेछ र केही बुथ एजेन्टहरू प्रहरी नियन्त्रणमा छन्।
२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ मा मतपेटिएका लुटिएपछि रोकिएको मतदान अझै सुरु भएको छैन । हराएका मतपत्र पनि सबै फेला परेको छैन ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको बताउँदै भने, ‘५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन् ।
मतपत्र लुट्नेक्रममा अन्यत्र दलका प्रतिनिधिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत गरेका थिए । विवाद बढ्न थालेपछि बिहान ११ बजेतिर प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
आलेले अहिले उक्त मतदान केन्द्रमा आएका मतदाता र दलका कार्यकर्ताहरू सबै गइसकेको बताए ।
‘मत हाल्न भनेर लाइनमा बसेका मतदाता र दलका कार्यकर्ताहरू पनि मतदान स्थलमा छैनन् भन्ने कुरा आएको छ,’ उनले भने, ‘अब जिल्ला सुरक्षा समन्वय समितिको बैठकले के गर्ने भन्ने टुंगो लगाउँछ होला ।’
दिउँसो त्यहाँको स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको थियो । तामाकोशी-४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगी लगायत प्रहरी नियन्त्रणमा छन् ।
तर स्थानीय प्रशासनले भने मतपत्र लुटिन थालेपछि बुथ एजेन्टलाई सुरक्षित ठाउँमा लगेर राखिएको जनाएको छ ।
प्रतिक्रिया 4