+
+
Shares

दोलखाको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखामा प्रतिनिधिसभा चुनावको मतगणना २२ फागुन दिउँसो ३ बजे गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा सुरु हुने भएको छ।
  • दोलखामा १ लाख ७० हजार ३२१ मतदातामध्ये ८४ हजार ४८१ जनाले मतदान गरेका छन्, जसमा ४५ हजार ४५७ पुरुष र ३९ हजार २४ महिला छन्।
  • दोलखाको एकल निर्वाचन क्षेत्रमा रास्वपाका जगदीश खरेल, कांग्रेसका अजयवावु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का र राप्रपाका प्रविणकुमार थोकर तामाङ उम्मेदवार रहेका छन्।

२२ फागुन, दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् । मतदान गर्नेमा ४५ हजार ४५७ जना पुरुष र ३९ हजार २४ जना महिला रहेका छन् ।

यस क्षेत्रमा रास्वपाका जगदीश खरेल, नेपाली कांग्रेसका अजयवावु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का, राप्रपाका प्रविणकुमार थोकर तामाङ लगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?