२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो ।
यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । साढे ४ बजेपछि सुरु भएको मतदान कतिबेलासम्म चल्छ ? त्यहाँ उत्पन्न विवादको अवस्था कस्तो छ ? यिनै जिज्ञासा हामीले दोलखाका सहायक सिडीओ औलाख बहादुर आलेसँग राखेका छौँ :
दोलखाको मलुमा के समस्या भएको हो ?
मलु मतदान केन्द्रमा मुख्य विवाद एजेन्ट (पार्टी प्रतिनिधि/बूथ एजेन्ट) बस्ने ठाउँलाई लिएर भएको थियो । मतदान कर्मचारीमाथि हातपातको प्रयास पनि भयो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसैले मतदान केही समय रोकिएको थियो, जुन अहिले सुरु भइसकेको छ ।
भर्खर सुरु भएको मतदान कहिलेसम्म चल्छ अब ?
पछि माइकिङ गरेर मतदाता बोलाइएको छ । जो मतदाता ५ बजेभित्र भित्र छिर्नुभयो, उहाँहरु सबैले मतदान गर्नुहुन्छ । सोही मत नै निर्णायक हुन्छ ।
एकपक्षले मतदान नै वहिष्कार गर्यो रे भन्ने छ नि !
हजुर । एकपक्षले बहिष्कार गरेको भन्ने सुन्नमा आएको छ । तर, अब त्यो कुरा नै भएन । कसले के र्यो हामीलाई थाहा छैन । जो भित्र छिर्नुभयो, उहाँहरुले मतदान गर्नुहुन्छ ।
प्रतिक्रिया 4