Comments Add Comment

मतपरिणाम

List Grid
रौतहटका १६ स्थानीय तहको नतिजा (विजेता दल र उम्मेदवारको सूचिसहित)

७ असोज, रौतहट । जिल्लाका १८ स्थानीय तह मध्ये १६ वटा स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । गरुडा र कटहरीया नगरपालिकामा भने मतगणना जारी रहेको छ । अहिलेसम्म सार्वजनिक भएको नतिजा अनुसार ८ वटा स्थानीय तहमा कांग्रेसले जित हात पारेको छ भने संघीय समाजवादी फोरमले तीन, माओवादी केन्द्र र राजपाले दुई/दुई र फोरम लोकतान्त्रिकले […]

सिरहाको भगवानपुर गाउँपालिकामा संघीय फोरम विजयी

५ असोज, सिराह । जिल्लाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । अध्यक्षमा फोरमका बेचन यादबले ३०५८ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पनि फोरमकै सीतादेबी यादब ३०१६ मत लयाएर बिजयी भएकी छन् । उनीहरुका प्रतिद्वन्दी अध्यक्षमा एमालेका उग्रनारायण यादबले २९७३ र उपाध्यक्षमा पनि एमालेकै बिन्दा यादबले २९१७ मत ल्याए ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा कांग्रेस विजयी

५ असोज, सप्तरी । जिल्लाको विष्णुपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सप्तरीमा यो कांग्रेसको पहिलो जित हो । गाउँपालिका अध्यक्षमा कांग्रेसका निलाम्बर यादव २१५५ मत ल्याएर विजयी भएका छन् । यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जन्जीराकुमारी यादवले १९९६ मत ल्याएर विजयी भएकी छन् । अध्यक्षका प्रतिद्वन्दी राजपाका मु्निलाल कर्णले १६५९ मत ल्याए भने […]

संघीय फोरम बन्यो रुपन्देहीमा दोस्रो ठूलो दल

२३ असार, रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा विजयी भएसँगै संघीय समाजवादी फोरम नेपाल रुपन्देही जिल्लाको दोस्रो ठूलो दल बनेेको छ । कोटहीमाई गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका चन्द्रभुषण यादव विजयी भएका छन् । उनले ३ हजार ३ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र कलवारले ३ हजार १ सय ८९ मत […]

गुल्मीमा वडा अध्यक्षमा पनि एमाले बलियो

२० असार, गुल्मी । स्थानीय तह चुनावमा गुल्मीमा वडा अध्यक्षमा पनि एमाले बलियो शक्ति बनेको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा कांग्रेसले २९ वडामा प्यानलै बिजयी भएको छ भने माओवादी केन्द्रले ४ वडा र जनमोर्चाले १ वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् । जिल्लामा […]

तिलोत्तमा नगरपालिकामा कांग्रेस-जनमुक्तिलाई हराउँदै एमाले विजयी

२० असार,वुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुबै पदमा एमाले विजयी भएको हो । यहाँ नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी तालमेल थियो ।उनीहरु एउटै चुनाव चिन्ह रुखमा चुनाव लडेका थिए । एमालेबाट मेयर पदका उम्मेदवार बासुदेव घिमिरेले १९ हजार ८४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी […]

अछाममा माअोवादीले अाधार इलाका जाेगायो

१९ असार, अछाम । तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा (एमाले) लाई ५६८ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । अध्यक्ष पदमा विजयी भएका झंकर साउँदले ३४०२ मत ल्याए भने उपाध्यक्ष्मा पनि माओवादी केन्द्रकी सरस्वती […]

रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी विजयी

१८ असार भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २३११ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले २२६४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी […]

भोजपुरको षडानन्द नगरमा कांग्रेस विजयी

१८ असार, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको । १४ वटा वडाहरु रहेको यस नगरपालिकामा कांग्रेसलाई शुरुदेखि पछ्याइरहेका नेकपा एमालेका सुरेन्द्र उदास २९२ मतान्तरले पराजित भए । कांग्रेसका वीरबल राईले ४९८६ मत प्राप्त गरे भने एमालेका उदासले ४६९४ मत ल्याए । उपमेयरमा भने एमालेकी मेरिका राईले ४६९७ मत ल्याएर विजयी भएकी छन् […]

२० वर्षअघिकै प्रत्यासीलाई हराउँदै महेश बने इलामको मेयर

१८ असार, इलाम। इलाम नगरपालिकाको मेयरमा नेकपा एमालेका महेश बस्नेत दोस्रो पटक बिजयी भएका छन् । २०५४ सालमा पनि उनले इलाम नगरपालिकाको मेयर जितेका थिए । आइतवार साँझ मतगणना सम्पन्न हुँदा बस्नेतले ११ हजार ३३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २६८ मत ल्याएका छन् । यसरी नै […]

बर्दियाको मधुवनमा माओवादी विजयी, गणेश बने मेयर

१८ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा गणेश क्षेत्री र उपाध्यक्षमा शोभारानी थारु विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले ८ हजार ४३१ मत पाएका छन् । उनले एमालेका उम्मेदवार दुर्गा बहादुर ओलीलाई २ हजार ५ सय ८ मत अन्तरले हराए । ओलीको पक्षमा ५ हजार ९२३ मत […]

बैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी विजयी, रणबहादुर बने मेयर

१८ असार, बैतडी । बैैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो । मेयरमा माओवादीका रणबहादुर कुँवर ४४४६ मतका साथ विजयी भए । कुँवरले नेपाली नेपाली कांग्रेसका दीपक बमलाई ३३५ मतले पराजित गरेका हुन् । बमले ४१११ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रकी जानकी बम […]

सुनवल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

१७ असार, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री ‘भरत’ नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित कांग्रेसका थापाले ८ हजार ६५९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी तारा भण्डारीले ७ हजार ९७३ मत पाइन् […]

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

१७ असार, बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन । मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी […]

डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

१७ असार, डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ । एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ । कांग्रेसले के आई सिंहमा एकलौटी […]

एमालेको गढमा माओवादीले मार्‍यो बाजी

१७ असार, ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । शर्माले १९०६ मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याएका छन् । उपप्रमुखमा भने एमालेकी सुष्मा राई विजयी […]

बाजुराको स्वामीकार्तिकमा एमाले बिजयी

१७ असार,बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको हो । शनिवार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका चिरन्जीवी शाही २४५९ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका भरतवहादुर रोकायले १७५६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै मीना बुढा […]

५१ स्थानीय तहको नतिजा आयो, हेर्नुस् कहाँ कसले जिते ? (सूचीसहित)

३ जेठ, काठमाडौं । बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ । ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेस […]