Comments Add Comment

माडी

List Grid
चितवनको माडीमा बाढी, बस्ती डुबानमा

२४ असार, चितवन । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ । माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा […]

माडीमा अयोध्यापुरी अन्वेषण गर्न १ करोड बजेट 

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको चितवनको माडी नगरपालिकामा अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिका रुपमा […]

महामारीलाई गिज्याउने भीडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् […]

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

५ वैशाख, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आइतबार निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै उनले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, […]

माडीको अयोध्यापुरीमा राम–सीताका मूर्ति रामनवमीमा राखिने

२९ चैत, चितवन । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ । तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु माडी अयोध्याधाममा आगामी वैशाख ८ गते एक कार्यक्रमसहित अनावरण गर्न लागिएको हो । त्यसका लागि […]

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

२५ माघ, काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए । गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर निर्माण गर्न […]

माडीको पुल बनाउन चितवन राष्ट्रिय निकुञ्जले दियो सहमति

१५ माघ, चितवन । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि चितवन राष्ट्रिय निकुञ्जले माडीमा पक्की पुल बनाउन अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण […]

माडीमा विद्युत सेवा अवरुद्ध, भूमिगत लाइनमा समस्या

२२ भदौ, चितवन । चितवनको माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीमा गएरातिबाट विद्युत सेवा बन्द भएको हो । निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा पटकपटक समस्या हुँदा माडीमा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । चनौली जगतपुर माडी ३३ केभी सवप्रशारण लाइनअन्तर्गत निकुञ्ज क्षेत्रभित्र […]

माडीका चारवटै मध्यवर्ती कार्यालयमा तालाबन्दी

१८ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायको घरमा आगो लगाएको विरोधमा आन्दोलनरत विभिन्न संघर्ष समितिहरुले माडी नगरपालिकामा रहेका चार वटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आइतबार तालाबन्दी गरिदिएका छन् । चेपाङ समुदायको घरमा आगो लगाउने र भत्काउने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्नु पर्ने लगायत १५ बुँदे माग गर्दै बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती […]

प्रचण्डको प्राथमिकतामा माडी

११ मङ्सिर, चितवन । चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका प्रचण्डको विकास वजेट माडी केन्द्रित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो । स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो । सो क्षेत्रको […]

बालिकाको बलात्कारपछि हत्या भएको भन्दै माडी बन्द

२३ जेठ, चितवन । चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी नगरपालिका बन्द गराएका छन् । माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिचाइँ पोखरीमा यही जेठ २० गते १० वर्षकी दिपिका सुनार र ११ वर्षकी दीपशीला परियार मृत  फेला परेका थिए । शनिबार छुट्टिको दिन बिहान १० बजे पिकनिक खान भनी […]

दुई बालिका मृत्यु प्रकरणले माडी अशान्त, आज माडी बन्द

२३ जेठ, चितवन । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको […]

माडीबासीले पाए मन्त्रीहरुबाट विकासको आश्वासन

२९ जेठ, चितवन । चितवनको दक्षिणमा पर्ने माडीको विकासका लागि माडीबासीले पहल थालेका छन् । माडी क्षेत्रको विकासका लागि गठन गरिएको  सर्वदलिय टोलीले मन्त्रीहरुसँग भेटघाट तथा आफ्ना क्षेत्रको समस्या समाधानको लागि छलफल गरेका छन् । माडी नगरपालिकाका सर्वदलिय प्रतिनिधि र सभासद् सहितको टोलीले ५ वटा मन्त्रालयमा पुगेर मागपत्र बुझाएको सर्वदलिय टोलीका सदस्य एवं नेकपा एमाले […]