Comments Add Comment

माथिल्लो तामाकोसी

List Grid
माथिल्लो तामाकोसीको सुरुङमा वैशाख दोश्रो साताबाट पानी भर्न थालिने

२५ चैत, काठमाडौं ।  स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरु भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो […]

‘प्रसव पीडा’मा माथिल्लो तामाकोसी

१९ माघ, काठमाडौं । निर्माण सुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक–पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन । आयोजनाका अधिकारीहरुको दाबी पत्याउने हो भने आगामी चैत मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन […]

तामाकोसीमा ठाडो सुरुङको काम सकियो, कात्तिकसम्म उत्पादन थाल्ने योजना

१४ असार, काठमाडौं । दोलखाको लामाबगरमा स्वदेशी लगानीमा निधर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएको छ । करिब ३०५ मिटर अग्लो माथिल्लो पेनस्टक साफ्टको अन्तिम पाइप आइबतार जडान भएको छ । योसँगै आयोजनाकै अर्को महत्वपूर्ण खुडि्कलो पार भएको आयेजनाका उपप्रवन्धक विमल गरुङले जानकारी दिए […]

तामाकोसीको मुख्य चुनौती पन्छिँदै, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक

११ जेठ, काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने दिशामा लम्किएको छ । आयोजनाको चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम सकिएको आयोजनाका उपप्रवन्धक बिमल गुरुङले जानकारी दिए । यो आयोजनामा लकडाउनमा पनि निरन्तर काम भइरहेको छ । लक्षअनुसार असारसम्म यो आयोजनाको काम सकिनुपर्ने हो । […]

लक्ष्यअघि नै तामाकोसी चलाउन अब ३ सिफ्टमा काम, बोर्ड बैठक आयोजनास्थलमै

१० वैशाख, काठमाडौं । अहिलेको लक्ष्यअनुसार काम हुने हो भने ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट विसं ०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्ण क्षमतामै विद्युत् उत्पादन थाल्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्यभन्दा अघि नै तामाकोसी सञ्चालनमा ल्याइसक्ने गरी पहलकदमी अघि बढाएका छन् […]

भूकम्प र नाकाबन्दीले थलियो माथिल्लो तामाकोसी

१९ कात्तिक, काठमाडौं । गत वर्ष वैशाखको भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना थलिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण गत असारमा सक्ने लक्ष्य राखिएको थियो । भूकम्प, नाकाबन्दीलगायतका कारण आयोजनाको निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलिएको छ । आयोजना ०७५ असारमा मात्रै सम्पन्न […]