Comments Add Comment

लेस्टर सिटी

List Grid
लेस्टर र नापोलीले खेले बराबरी

काठमाडौं । इंग्लिस लेस्टर सिटीले युरोपा लिगमा बिहीबार नापोलीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरले घरेलु मैदानमा दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । किंग्स पावर स्टेडियममा भएको खेलमा आयोज पेरेजले नवौं र हार्भी ब्रान्सको ६४औं मिनेटको गोलमा लेस्टरले २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा […]

लेस्टरलाई हराउँदै वेष्टहम शीर्ष स्थानमा

८ भदौ, काठमाडौं । लेस्टर सिटीलाई पराजित गर्दै वेष्टहम युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा वेष्टहमले दस खेलाडीमा समेटिएको लेस्टरलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा वेष्टहमका लागि माईकल एन्टोनियोले ८०औं र ८४औं मिनेटमा गोल गरे । यस्तै […]

म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि

२४ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । केलेची ईहनाचोले पेनाल्टीमा गरेको एक मात्र गोल मद्दतमा वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लेस्टरले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको हो । ईहनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । सिटीका नाथन एकेले […]

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । […]

पुनरागमन जितसहित लेस्टर दोस्रो स्थानमा

२३ फागुन, काठमाडौं । ब्राइटनविरुद्ध पुनरागमन जितसहित लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा लेस्टरले ब्राइटनकै मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को जित हात पारेको हो । एडम लालानाले १०औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्रायटनलाई पहिले अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा केलेलची इहनाचोले […]

लेस्टर दोस्रो स्थानमा उक्लियो

काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । लेस्टरका लागि जेम्स म्याडिसन र हार्भे बार्न्सले एक एक गोल गरे । एस्टन भिल्लाका लागि बर्ट्रान्ट ट्राओरले एक गोल गरे । खेलको १९औं मिनेटमा म्याडिसनले बार्न्सको पासमा […]

चेल्सीलाई हराउँदै लेस्टर शीर्ष स्थानमा

७ माघ, काठमाडौं । लण्डन क्लब चेल्सीलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको लेस्टर दुई म्यानचेष्टर क्लबलाई उछिन्दै शीर्ष स्थानमा पुगेको हो । किङ पावर स्टेडियमा भएको खेलमा लेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलो छैटौं मिनेटमै विलफ्रड […]

लेस्टर दोस्रो स्थानमा उक्लियो, चेल्सीको कठिन जित

४ माघ, काठमाडौं । साउथह्याम्पटनलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २-० ले पराजित गरेको हो । लेस्टरका लागि खेलको ३७औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी टाइममा हार्भे बार्न्सले गोल गरेपछि लेस्टरले २-० को जित हात पारेको […]

लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । लेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा तीन गोल भयो । ५५औं मिनेटमा जेम्स म्याडिसनले जेमी भार्डीको पासमा गोल […]

बार्न्सको गोलमा हारबाट जोगियो लेस्टर

१४ पुस, काठमाडौं । केलेची इहनाचोले पेनाल्टी गुमाएपनि हार्भे बार्न्सले खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गरेपछि लेस्टर सिटीले प्रिमियरल लिगमा क्रिस्टल प्यालेससंग अंक खोसेको हो । लिगअन्तर्गत सोमबार भएको खेलमा लेस्टर र क्रिस्टलले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । क्रिस्टल प्यालेसको मैदानमा लेस्टरले १८औं मिनेटमा पेनाल्टी पाएको थियो । तर इहनाचोले पेनाल्टीमा […]

 अग्रता जोगाउन नसक्दा युनाइटेडले लेस्टरसँग अंक बाँड्यो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले अंक बाँडेका छन् । अवे मैदानमा युनाइटेडले दुई पटक अग्रता जोगउन नसक्दा २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । खेल सकिन ५ मिनेट बाँकी छँदा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । लेस्टरको मैदानमा भएको खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको […]

रेलिगेसन जोनमा रहेको फुलहमसँग लेस्टर पराजित

१६ मंसिर, काठमाडौं । चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनमा रहेको फुलहमसँग पराजित भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो । लेस्टरको मैदानमा भएको खेलमा एडेमोला लुकमनले ३०औं मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा एभान काभालेइरोले गोल गर्दै वेष्टहमको अग्रता दोब्बर पारे […]

युरोपा लिग : आर्सनल, लेस्टर, रोमा र होफेनहेइम अन्तिम ३२ मा प्रवेश

१२ मंसिर, काठमाडौं । इंग्लिस क्लबद्वय आर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । यस्तै इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम पनि राउण्ड अफ ३२ मा पुगेका छन् । चारै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । […]

शीर्ष चारकाे हाेडमा लेस्टर र युनाइटेड

२ साउन, काठमाडौं । प्रिमियर लिगकाे शीर्ष चारमा रहँदै अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने हाेडमा रहेका लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले पछिल्लाे खेलमा जित हात पारेका छन् । लेस्टरले शेफिल्ड युनाइटेड र म्यानचेष्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई समान २-० ले पराजित गरेकाे हाे । लेस्टरका लागि आयाेज पेरेज र डेमेराई ग्रे ले गाेल गरे । युनाइटेडका […]

अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग पराजित, तेस्रो स्थान उक्लने अवसर गुम्यो

२९ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी एएफसी बर्नमाउथसँग ४-१ ले पराजित भएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा चौथो स्थानको लेस्टर पराजित भएको हो । खेलमा लेस्टरका एक खेलाडीले रातो कार्डसमेत पाएका थिए । बर्नमाउथको मैदानमा भएको खेलमा २३औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई पहिले अग्रता दिलाएका […]