Comments Add Comment

वित्त

List Grid
समाज लघुवित्त र स्वस्तिकको मर्जर ९ महिनादेखि अलपत्र

१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]

सेयर लगानीकर्ताले गर्ने पाँच सामान्य गल्ती

२९ फागुन, काठमाडौं । सेयर बजारमा किन लगानी गरिन्छ ? यसको आधारभूत जवाफ हो, मुनाफा कमाउने । लगानी प्रतिफलकै लागि गरिने भए आफूले गरेको लगानीको सही ठाउँमा भएन भने डुब्छ । यस्तै सेयर बजार एउटा जोखिम भएको लगानी गर्ने ठाउँ हो । सबैले धेरै कमाउने उद्देश्यका साथ सेयर बजामार लगानी गर्छन् । कसैले धेरै कमाउँछन् […]

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

२६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट अनुसार रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोनाको त्रास हुनु अगाडिको […]

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारकाे सेयर काराेबार रोक्का

१८ माघ, काठमाडौं । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुकाे सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो […]

वितरण योग्य मुनाफामा नबिल पहिलो, दोस्रो नम्बरमा उक्लियो एनएमबि

१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ । नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा […]

के हो ‘स्टक स्प्लीट’ ? यस्ताे छ सेयर मूल्यमा पर्ने सम्भावित असर

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ । भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने […]

सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानीकर्ता !

१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर […]

नेपाल लाईफको सेयर मूल्य समायोजन

१४ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरेको छ । मंगलबार […]

सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]

नेपाल एग्रोको चमत्कारिक प्रगति, ईपीएस ५० रुपैयाँ नाघ्यो

११ माघ, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दाेस्राे त्रैमासमा आकर्षक खुद नाफा कमाएको छ । संस्थाले आइतबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफामात्रै १२३.४३ प्रतिशतले वृद्धि गरेको छ । अन्य सूचकहरु पनि राम्रै देखिएका छन् । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एग्रोले ६४ लाख १५ हजार रुपैयाँमात्रै […]

एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल !

११ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको सेयर मूल्य बढाउन चलखेल भएको आशंका गरिएको छ । साताको पहिलो दिन आइतबार अस्वभाविक रुपमले एनसीसी बैंकको सेयर मूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको हो । आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको छ । एकैदिन १० प्रतिशतले […]

सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

११ माघ, काठमाडौँ । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अघिको कारोबार बिहीबार पनि नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । साताको पहिलाे कारोबार दिन ५०.२० प्रतिशतले बढेर नेप्सले ऐतिहासिक २४२४.८४ अंकको किर्तिमानी बनाएको हो । दुई सय सात कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता […]

एक घण्टामै नेप्से ४८ अंकले बढ्यो, ५ कम्पनीको कारोबार सर्किट नजिक

११ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । व्यापार र म्युचुअल फण्डबाहेकका सबै समूहहरु बढेर हरियाली छाएका छन् । कारोबार शुरु भएदेखि नै उकालो लाग्न सुरु गरेको सेयर कारोबार मापक नेप्से परिसूचक एक घण्टामा नै ४८ अंकले माथि लागेको छ । अझ रोचक त पहिलो घण्टामा नै ५ कम्पनीहरुको सेयर […]

नागरिक स्टक डिलरलाई कारोबार गर्न बोर्डले दियो अनुमति

९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]

चन्द्रागिरिको आईपीओ भोलि बाँडफाँट हुँदै, कतिले पाउलान् सेयर ?

८ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ । कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ […]

नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

७ माघ, काठमाडौं । बुधबार सेयर बजार आधा हरियो र आधा रातो देखिएको छ । बैङ्किङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैङ्क, जलविद्युत्, फाइनान्स तथा निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से […]

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]

सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक ५ अंकले घट्याे

६ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार […]

सेयर धितो कर्जामा आकर्षण– पाँच महिनामै साढे १७ अर्ब लगानी

२३ पुस, काठमाडौं । सेयर धितो कर्जामा आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब साढे १७ अर्ब रुपैयाँ सेयर धितोमा लगानीमा गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म पनि ५० अर्ब ४१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लगानीमा रहेको थियो । […]

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु […]