Comments Add Comment

विद्युतीय बस

List Grid
विद्युतीय गाडी हेर्दै, पेट्रोलका गाडी किन्दै नेपाली

१७ मंसिर, काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्नुपर्ने विषयमा बहस चल्न थालेको धेरै भयो । खासगरी २०७२ सालमा भारतले नाकाबन्दी गर्दा यो बहस उत्कर्षमा पुगेको थियो । तर, अहिलेसम्म पनि देशभरका सडकमा धुवाँ फाल्ने सवारी साधनको राज उस्तै छ । सरकारले २०७५ कात्तिकमा ‘विद्युतीय यातायातका लागि राष्ट्रिय कार्ययोजना’ सार्वजनिक गरेको थियो । […]

विद्युतीय बसले साझालाई ‘वैतरणी’ तार्ला ?

६ साउन, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय लिएसँगै सामाजिक सञ्जालमा पेचिलो तर्क–बितर्क भइरहेको छ । लगातार घाटामा चलिरहेको संस्थालाई सरकारले कहिलेसम्म पैसा पेलिरहने भन्ने प्रश्न धेरैले उठाएका छन् । डा. रामेश कोइरालाले लेखे, ‘समान भाडा भएको समान गन्तव्यमा चल्ने निजीलाई छोडेर जनता साझा नै रोज्छन् […]

चक्रपथको ‘डेडिकेटेड लेन’मा ठूला विद्युतीय बस चलाउन ४ वटा लगानी प्रस्ताव

८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) निर्माण र सञ्चालनका लागि चार लगानी प्रस्ताव आएको छ ।  चक्रपथको २७ दशमलब ३ किमीमा बीआरटी निर्माण र सञ्चालन गर्न चार विकासकर्ताले इच्छा देखाएको लगानी बोर्डले जनाएको छ । गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा बोर्डले १४९.५० मिलियन अमेरिकी डलर (१६ […]

सरकारका कारण चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र

४ चैत, काठमाडौं । सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताएपनि व्यवहारमा भने उल्टो देखिएको छ । विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्था नहुँदा निजी क्षेत्रले बनाएको चार्जिङ स्टेशन र विद्युतीय बस अलपत्र परेका हुन् । विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ […]

प्रदेश ३ सरकारले ३० करोडमा विद्युतीय बस खरिद गर्दै

१९ मंसिर, हेटौंडा । प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालनको लागि ३० करोड रुपैयाँ खर्चने भएको छ । सरकाले आगामी १० वर्षभित्र प्रदेशका मुख्य शहरबाट पेट्रोलियम पदार्यबाट सञ्चालन हुने सवारी बिस्थापित गर्ने नीतिअनुरुप सरकारले विद्युत बसको लागि मोटो रकम खर्च गर्ने भएको हो । काठमाडौं महानगरपालिका र साझा यातायात सञ्चालकसँग हेटौंडामा भएको छलफलपछि सरकारले महानगरमा […]