Comments Add Comment

श्रीकृष्ण जन्माष्टमी

List Grid
श्रीकृष्ण जन्माष्टमीले राष्ट्रिय एकतालाई बलियो बनाउने राष्ट्रपतिको विश्वास

१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपतिले सन्देशमा यस पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपतिको सन्देशमा […]

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध […]

भदौ १४ गते सार्वजनिक विदा

१० भदौ, काठमाडौं । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

कृष्ण मन्दिर बाहिर पूजा, भित्र सुनसान (फोटो फिचर )

२७ साउन, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । सोही अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा […]

हे कृष्ण साह्रै आपत् पर्‍यो मलाई… (फोटोफिचर)

६ भदौ, काठमाडौं । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन् भगवान् कृष्ण । त्यसैले हिन्दूधर्ममा कृष्णको छुट्टै महत्त्व र महिमा छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा उनको जन्म भएको विश्वासका आधारमा हरेक वर्ष हिन्दूधर्मालम्बीले एक दिन कृष्णजन्मोत्सव मनाउने गरेका छन् । यही परम्पराअनुसार, शुक्रबार बिहानैदेखि कृष्णप्रेमीहरूले उनको भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पाटनको प्रसिद्ध […]

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

९ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका […]