Comments Add Comment

समाजवादी पार्टी

List Grid
सरिता गिरीलाई पार्टीले गरेको कारबाही पत्र संसदमा पुग्यो

२४ असार, काठमाडौं । सरिता गिरीलाई उनी संलग्न समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त कारबाहीको पत्र बुधबार संसद सचिवालयमा पुगेको छ । कानुनी […]

सरिता गिरीको सांसद पद निलम्बन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

१ असार, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घ‍न गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची […]

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?

३१ जेठ, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा […]

नक्सासम्बन्धी संविधान संशोधनमा राजपा र समाजवादी पार्टीको शर्त

१९ जेठ, काठमाडौं । सरकारको दाबी छ, नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भयो भने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फिर्ता ल्याउन सहज हुनेछ । त्यसैले नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा विना सर्त समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भएका सबै दललाई आह्वान गरेका छन् । […]

देउवालाई समाजवादी र राजपाको प्रस्ताव : संविधान संशोधन गर्दा मधेशको माग पनि सम्बोधन गरौं

१० जेठ, काठमाडौं । पार्टी एकताको सहमति गरेका समाजवादी र राजपा नेपालका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।  भेटमा उनीहरूले संविधान संशोधन गर्दा मधेशको माग सम्बोधन गर्न आग्रह गरेका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची-३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद […]

नेता पक्राउको विरोधमा समाजवादी पार्टीको प्रदर्शन

१० जेठ, बुटवल । पक्राउ परेका नेतालाई रिहाइको माग गर्दै समाजबादी पार्टीले जिल्ला प्रशासान कार्यालय, कपिलवस्तुअगाडि प्रदर्शन गरेको छ । समाजवादी पार्टीका युवा संगठनका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले पक्राउ गरेको विरोध र रिहाइको माग गर्दै कार्यकर्ताले प्रदर्शन गरेका हुन् । क्वारेन्टाइनमा रहेकाहरूको कोरोना टेस्ट छिटो गर्न माग गर्दा युवा नेता खानलाई प्रहरीले नियन्त्रणमा […]

महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

११ वैशाख, काठमाडौं । नेकपा सांसद महेश बस्नेतले आफूहरूमाथि अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई आफूहरूले नभई डा.बाबुराम भट्टराईका मान्छेले अपहरण गरेको बस्नेतको प्रत्याआरोप छ । डा.यादवकै इच्छा र समाजवादी पार्टीका प्रमुख सचेतकको आग्रहमा आफूहरू यादवलाई लिन महोत्तरी गएको बस्नेतले अनलाइनखबरलाई बताए । यादवले अपहरण भएको […]

पार्टी एकता गरेकामा जसपाका नेताहरूलाई देउवाको बधाई

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गरेका छन् । देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक […]

समाजवादी-राजपा एकीकरण : प्रदेश २ मा खुशीको माहौल

११ वैशाख, काठमाडौं । प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिएका छन् । प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह समाजवादी र राजपा नेपालको […]

सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ । सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । ‘अस्ति […]

हामीले पार्टी फुटाउन लागेको भन्ने १०१ प्रतिशत गलत हो– इस्तियाक राई

११ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ पूर्वमन्त्री […]

‘सरकारी संरक्षण’मा म्यारियट होटलमा राखिएका सांसदको भागाभाग

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका नेताहरू बिहीबार बिहानै होटल म्यारियट पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरूको भागाभाग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ । त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल म्यारियटमा राखिएको नेताहरूले बताएका छन् । त्यो थाहा पाएर समाजवादीका महासचिव […]

‘अपहरण’मा परेका सांसद यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगे

११ वैशाख, काठमाडौं । पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेका छन् […]

समाजवादीको आरोप : प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण गरियो

१० वैशाख, काठमाडौं । महोत्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ । समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र […]

कार्यकर्तालाई उपेन्द्रको प्रशिक्षण : पिउनै पर्छ भने स्ट्यान्डर्ड रक्सी पिउनुस्, बेहोस नहुनुस्

२२ माघ, सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठनमा देखा परेका समस्याबारे निर्मम समीक्षा गरेका छन् । स‌ंगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण गर्न दिए गाली गरेर समय बिताउने जस्ता समस्या देखिएको भन्दै उनले यसरी पार्टी सुदृढीकरण हुन नसक्ने बताए । राजविराजमा मंगलबार पार्टीले […]

राष्ट्रियसभा चुनावमा तालमेल गर्ने कांग्रेस र समाजवादीको सहमति

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन्, जसअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर […]

समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

३१ भदौ, काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो । नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए । समाजवादी […]

सरकार छाड्न र राजपासँग एकता गर्न उपेन्द्र यादवमाथि दबाव

८ भदौ, जनकपुरधाम । सरकारसँग दुई बुँदे सहमति गरेर डेढ बर्षअघि सरकारमा पुगेको तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको समाजवादी) पार्टी यतिबेला सरकार छाड्नुपर्ने आन्तरिक दबावमा छ । साथै राजपासँग चाँडो एकता टुंग्याउनुपर्ने दबाव दोस्रो दबाव पार्टी नेतृत्वमाथि परिरहेको छ । संविधान संशोधनकै लागि सरकारमा गएको बताएका अध्यक्ष यादवले ३ असोज ०७५ मा संविधान दिवसका […]

सपा-राजपा एकता : मिनी कांग्रेस–कम्युनिस्टको फ्युजन

अचेल समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरणको चर्चा चलेको छ । झट्ट हेर्दा यो कुनै नयाँ चर्चा होइन । पहिला पनि संघीय समाजवादी फोरम र राजपाबीच एकीकरणबारे पटक पटक चर्चा चलेकै हो । त्यसबेला हुन सकेन । कतिपयलाई लाग्दो हो, निर्वाचन प्रणाली, शासकीय स्वरुपबारे दुई दलबीच गम्भीर मतभिन्नता छ । तर, पछिल्लो […]

समाजवादी पार्टीको असन्तुष्ट समूह नेकपामा प्रवेश

२० असार, काठमाडौं । समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । नयाँ शक्ति पार्टीले संघीय […]

समाजवादी पार्टी निर्माणका अन्तर-कुन्तर

सृष्टि आफैंमा एक ‘ननलिनियर डाइनामिक्स’ अर्थात् गैर-एकलरेखीय अस्तित्व हो । सृष्टिको गुण समाजमा र समाजको गुण राजनीतिमा रहनु स्वभाविक हुन्छ । यही कारण हो कि राजनीतिमा अनेक विचार, सोच, पात्र, प्रवृति, चिन्तन, चेतनास्तर, कार्ययोजना, कार्यशैली, आकांक्षा, महत्वाकांक्षा र मिसनहरुको ‘इन्टरफेरेन्स’ अर्थात् संघर्ष, संश्रय र संघुलन भइरहेको हुन्छ । यही प्रक्रियाले पदार्थ जगतमा अनेक तत्वहरुको संघठन […]