Comments Add Comment

सवारी पास

List Grid
काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द

२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए […]

धादिङ प्रशासनले रद्द गर्‍यो सवारी पास

१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई रद्द गरेको छ । शुक्रबार सूचना जारी गरी काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने पास रद्द गर्ने निर्णय गरेको हो । अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारी समेत सञ्चालनमा छ । तर विभिन्न जिल्लाबाट नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरस […]

उपत्यका आउन अझै पास चाहिने

६ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘साउन मसान्तसम्म […]

सवारी पास सिफारिसमा पनि शुल्क लिन्छन् वडा कार्यालय

२४, असार, चितवन । कोरोना महामारीका समयमा हाल एक जिल्लाबाट अर्को जिल्लामा जान अहिले सम्बन्धित स्थानीय तहको वडाको सिफारिस अनिवार्य गरिएको छ । स्थानीय तहकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने भएकाले यस्ता सिफारिस धेरै महत्वपूर्ण छ । यही मौकामा चितवनको भरतपुर महानगरपालिकाका वडा कार्यालयहरुले यस्ता सिफारिसको पनि धमाधम दस्तुर उठाउन थालेका छन् […]

बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदै हुनुहुन्छ ? प्रहरीले समात्ला !

१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो । बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन । यादवका अनुसार उनको […]

सवारी पास बनाइदिने भन्दै घुस लिने लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई घुससहित जिल्ला […]

उपत्यका प्रवेशमा कडाइ, स्थानीय तहको अनुमति अनिवार्य

३२ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी […]

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा असन्तुष्टि जनाएका थिए । लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने […]

पासमा आफैँ मिति सच्याएर गाडी गुडाउँदै

२० वैशाख, काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन । झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले […]