Comments Add Comment

साइकल

List Grid
प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण

२४ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन १५ सय बढी छात्रालाई एकै दिन साइकल वितरण गरेको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको कार्यक्रममा धनुषा जिल्लाका विभिन्न २७ विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने १ हजा ५२० जना छात्रालाई साइकल वितरण गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक विद्यालयका […]

मेयरको घोषणामा साइकल सिटी, भएको साइकल लेन पनि अलपत्र

१४ फागुन, काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा तत्कालिन नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले घोषणापत्र लेखेका थिए, ‘महानगरलाई साइकल सिटी बनाउने कार्ययोजना तयार गरिनेछ ।’ अहिले उनी निर्वाचित भएको पनि चारवर्ष पुग्न लाग्यो, तर उनले साइकल सिटी बनाउने कार्ययोजना ल्याउन सकेका छैनन् । बरु, भएको साइकल लेन उपयोगमा पनि चासो […]

साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

१४ फागुन, सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट […]

ठेला तथा साइकलमा हुने व्यापारमा रोक

२७ साउन, काठमाडौं । सरकारले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको छ । मन्त्रिपपिरिषद्को सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाएको हो । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले […]

साइकल मर्मत गर्न सिक्दै युवापुस्ता

काठमाडौं । जतिबेलासम्म बजारमा सवारीको त्यतिसाह्रो ‘क्रेज’ बढेको थिएन, त्यतिबेलासम्म साइकल चढ्नेहरूको वर्गीय स्तरबारे कसैलाई वास्ता हुने थिएन । राजा र दरबारसँग प्रत्यक्ष पहुँच राख्ने राजनीतिक दलका नेताहरू समेत ढुक्कसँग साइकलमा सवारी गर्थे । तर बिस्तारै ठूला साधनको क्रेज बढेसँगै साइकललाई तल्लोस्तरको सवारीको रूपमा व्याख्या गर्न थालियो । यसले हाम्रो स्वास्थ्य र वातावरणको स्वास्थ्यमा पार्ने […]

भारतको चर्चित एटलस साइकल कम्पनी बन्द, सात सयको रोजगारी गुम्यो

२२ जेठ, काठमाडौं । भारतको चर्चित भारतीय साइकल ब्राण्ड एटलस साइकलले बुधबारदेखि आफ्नो सबै उत्पादन बन्द गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले अहिले वित्तीय समस्याको कारण कम्पनीको उत्पादन शुरु गर्न सकिने अवस्था नरहेको बताएको छ । यसअघि कम्पनीले सोही समस्याको कारण आफ्नो सहिबाबाद एकाइ बन्द गरेको थियो । भारतको हरियाणामा रहेको कम्पनीले सन् […]

साइकल चलाएर १० दिनमा दिल्लीबाट नेपाल

३ जेठ, काठमाडौं । पर्साको पटेर्वासुगौलीका तीन युवक साइकल चढेर भारतको दिल्लीबाट १० दिनमा गाउँ आइपुगेका छन् । वैशाख २६ गतेदेखि उनीहरु गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । सुगौली पटेर्वा–५ का ३२ वर्षीय लहबर मियाँ दर्जी, २९ वर्षीय हर्विन मियाँ दर्जी र ३८ वर्षीय सत्यनारायण चौधरी भारतबाट आएर सिधै क्वारेन्टाइनमा गएका हुन् । दिल्लीको […]

मकवानपुरका ४० छात्रालार्इ साइकल

२ असोज, हेटौंडा । मकवानपुरको ग्रामीण क्षेत्रका ८ विद्यालयका ४० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । विद्यालयसम्म पुग्न सहजहोस् भनी उनीहरुलाई साइकल वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमका बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बिभिन्न विद्यालयमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापन र शिक्षकले गरेको मूल्याङकनका आधारमा प्रतिविद्यालय […]

मुटु दिवसमा साइकल र्‍याली

८ असोज, पोखरा । साइकल चढौँ, स्वस्थ्य बनौँ, वातावरण जोगाऔँ र पर्यटन प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ आज बिहान यहाँ बृहत् साइकल र्‍यालीको आयोजना गरियो । विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो र्‍यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो । पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले र्‍यालीको आयोजना गरिएको कार्यक्रम संयोजक […]

नेपाली विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

१४ भदौ, मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो । बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने […]

मोदीका नाममा आएका साइकल राजदूतले समय नदिँदा थन्किए

११ जेठ, काठमाडौं । भारतीय राजदूत रञ्जित रेले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरुप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् । भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषमार्फत खरिबद गरिएको २८ लाख ४० हजार मूल्यको साइकल वितरण नभएको आजको नयाँ पत्रिकामा समाचार छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा […]