Comments Add Comment

सुन काण्ड

List Grid
पूर्वडीआईजी निरौलालाई विराटनगर ल्याइयो, संगठित अपराधमा अनुसन्धान सुरु

१० वैशाख, विराटनगर । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलालाई विराटनगर ल्याइएको छ । आइतबार काठमाडौंमा पक्राउ परेका पूर्वडिआईजी निरौलालाई सोमबार काठमाडौंबाट ल्याएर जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो । उनीमाथि ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको छ । मोरङका प्रहरी प्रमुख […]

साढे ३३ केजी सुन काण्डका अभियुक्तले हिरासतमै गरे आत्महत्या

३० चैत, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए । काठमाडौं प्रहरी परिसरका अनुसार उनले बिहान ५ बजे […]

साढे ३३ केजी सुन काण्डः एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या

३० चैत, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए । काठमाडौं प्रहरी परिसरका अनुसार उनले बिहान ५ बजे […]

निलम्बित एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अनुमति

२४ माघ, काठमाडौं । सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो । संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । र, […]

सुनकाण्डमा समातिएका एसएसपी खत्रीलाई अदालत लगियो

२४ माघ, काठमाडौं । विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई अदालतमा हाजिर गराएको हो । कालो ज्याकेट र खैरो पाइन्ट लगाएका खत्री अदालतमा गाडीबाट ओर्लिएपछि घोसेमुन्टो लगाएर हिँडेको दृश्य देखिन्थ्यो । […]

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

२३ माघ, काठमाडौं । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै […]