Comments Add Comment

सुरक्षा थ्रेट

List Grid
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको सुरक्षा बढाइयो

६ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीसँग सुरक्षा मागेका छन् । अपरिचत व्यक्तिले टेलिफोनमा सम्पर्क गरेर भौतिक आक्रमण गर्ने धम्की दिइरहेको बताउँदै उनले सुरक्षा मागेका हुन् । ‘सामान्य धम्कीहरु आइरन्थे, वास्ता गरेको थिइन’, डा. गिरीले अनलाइनखबरसँग भने, ‘पिएसओ (निजी सुरक्षा अधिकृत) लाई पनि मेरो […]

प्रधानमन्त्रीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा बढाइयो

२५ पुस, काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरेको छ । सुरक्षा निकायको विश्लेषणका आधारमा गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको छ । राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले […]

हातहतियार ओसारपसार बढेसँगै पूर्वमा बढ्यो सुरक्षा थ्रेट

१० मंसिर, मोरङ । खुला सिमानाका कारण पूर्वी नेपालमा सुरक्षा चुनौती बढेको छ । खुला सीमाबाट हतियार ओसारपसारमा वृद्धि हुन थालेपछि सुरक्षा थ्रेट बढेको हो । गत मंगलबार याता मात्र प्रहरीले विराटनगरबाट दुई हतियारसहित चारजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगरबाट मेड इन युएसए लेखिएको पेस्तोल र केही गोलीसहित चार जना भरियालाई नियन्त्रणमा लिएको हो […]

‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’

४ मंसिर, भोजपुर । भोजपुरमा केहिदिनयता वाम गठबन्धनका उम्मेद्वार र सभालाई लक्षित गरी श्रृंखलाबद्ध बम विष्फोट तथा आक्रमण भएपछि गठबन्धनका उम्मेदवारको सुरक्षामा प्रश्न उठेको छ । प्रहरी प्रशासनले वामपन्थी गठबन्धनका उम्मेदवारको सुरक्षामा चासो नदिएको आरोप समेत लागेको छ । आफूहरुले पटकपटक स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदा पनि उम्मेद्वारमा सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको नेताहरुले बताएका छन् । […]

कुन नेतालाई कति सुरक्षा ? प्रचण्डलाई बढी खतरा !

१ असार काठमाडौ । पूर्व पदाधिकारीको नाममा राज्यबाट सुरक्षा दिनेमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि देखिएका छन् । ‘सुरक्षा थ्रेट’ का नाममा राज्यले पूर्व पदाधिकारीहरुलाई सुरक्षा उपलब्ध गराउँदै आएको छ । र, १० वर्ष सशस्त्र सशस्त्र संघर्ष गरेर आएका प्रचण्ड र माओवादी नेताहरुलाई शान्ति प्रक्रियामा आएपछि सुरक्षा थ्रेट हुनु असवभाविक होइन […]