Comments Add Comment

सैनामैना

List Grid
सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको तयारी

९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो । प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ […]

रुपन्देहीको सैनामैनामा शीतभण्डार बन्दै     

२९ चैत, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलो शीतभण्डार बन्ने भएको छ । सैनामैना नगरपालिका–३ मा १ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण हुने शीतभण्डारको आइतबार नगर प्रमुख चित्रबहादुर कार्कीले शिलान्यास गरे । २३ मिटर लम्बाइ, १५ मिटर चौडाइ र ४८ मिटर उचाइको हुने शीतभण्डार भवन आगामी असार १५ सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको […]

रुपन्देही सुपरलिग क्रिकेटमा सैनामैना विजयी

३० माघ, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । सैनामैनाले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो । […]

सैनामैनाको बजेट ७० करोड ८३ लाख

१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षभन्दा करिव २० करोडले कम हो । नगर उपप्रमुख विना रानाले बुधबार प्रस्तुत गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४५ करोड ९४ लाख ८७ हजार ५ […]

सैनामैनामा भूमि बैंक स्थापना र करार खेतीको नीति

५ असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषिमा आत्मनिर्भर हुंदै खाद्यान्न निर्यात गर्ने लक्ष्यसहित भूमि बैंक स्थापना गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि शुक्रबार नगरसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । नगरपालिकाले भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने […]

सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख घुससहित पक्राउ

८ माघ, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनलाई बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा […]

सैनामैना व्यापार मेलामा ५ करोड कारोबार लक्ष्य

२३ पुस, बुटवल । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सञ्चालन हुने व्यापार मेलाको तयारी पूरा भएको छ । पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र ५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए । मेलामा स्थानीय कृषि उत्पादन, […]

नाकाबन्दीले जन्माएको उद्यम : खाडीबाट फर्केर गाई फार्म

२९ जेठ, बुटवल । ०७२ सालको असोजपछि भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा सैनामैना नगरपालिका–६ भरतपुरटोलका यादव भट्टराई र ठगप्रसाद गैरे रोजगारीका सिलसिलामा खाडी मुलुक बहराइनमा थिए । नाकाबन्दीको अवधिमा भारतबाट खाद्यान्न, तरकारी, फलफूल र इन्धन आउन रोकिँदा नेपाली नागरिकले बेहोर्नुपरेको सास्ती नेपाली युवाले विदेशी भूमिबाट राम्रोसँग नियालिरहेका थिए । छुट्टीको दिनमा दुबईमा रहेका रुपन्देही र […]