Comments Add Comment

हेलम्बु गाउँपालिका

List Grid
हेलम्बुका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

११ साउन, गाउँपालिका । हेलम्बु गाउँपालिकाले पालिकाभित्रका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले सूचना जारी गर्दै गाउँपालिका भित्र कार्यरत स्थायी, राहत, करार, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७-०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद […]

सिन्धुपाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेको सहयोग

१४ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग गरेका छन् । सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए । सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण […]

हेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोग

१३ असार, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए । यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले […]

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो

१ असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताए । उनले अनलाइनखबरलाई बताएअनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ । ‘केहिवेर अघिसम्म भागाभाग […]