Comments Add Comment

कामवासना बढाउने केही खानेकुरा

कामवासना भन्ने कुरा यौनिक रुपमा स्वस्थ व्यक्तिको अनिवार्य विषय हो । स्वस्थ व्यक्तिमा यौनचाहना व्यक्तिमा अनिवार्य रुपमा हुनुपर्छ र भएन भने त्यसले व्यक्ति यौनिक रुपमा अस्वस्थ छ भन्ने कुरा इंगित गर्छ ।

1

मानिसले यौन क्षमता बढाउन विभिन्न खाले उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन कामयावी हुन्छन् –

  • वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्छ ।
  • केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम सरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।
  • तराइका थारु आदिवासीले खाने घुँघीको सेवनले मानिसमा यौनक्षमता बढाउन निकै सहयोग गर्छ । घुँघीमात्र नभएर अन्य सी फूडको सेवनले पनि मानिसमा यौनक्षमतामा वृद्धि गर्छ ।
  • लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
  • कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।
  • चकलेटको भोजनले पनि मानिसमा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।
  • तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।
  • खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment