रकेट हो की कार ?

२०७० भदौ १९ गते १३:३३ मा प्रकाशित

एक बेलायती टोली यस्तो कार बनाउन जुटेको छ जुन प्रतिघण्टा १६१० किलोमिटरको गतिमा कुद्नेछ । रकेट तथा युरोफाइटर जेट इन्जिन प्रयोग गरिने उक्त कार जमिनमा कुद्ने अहिलेसम्मकै सबैभन्दा तिब्र गतिको सवारी साधन हुनेछ । सन् २०१५-१६ सम्ममा यो कार दक्षिण अफि्रकाको नर्थन केपस्थित हेक्सकीन मार्गमा दौडिनेछ । उक्त कारको नाम ब्लडहाउन्ड एसएससी रहेको छ ।

1

उक्त कारमा इजे २०० जेट इन्जिन प्रयोग हुनेछ जसको माध्यमबाट कार ३ सय माइल प्रतिघण्टाको दरले कुद्न समर्थ हुनेछ । जेट तथा रकेटको दुवै प्रविधि प्रयोग गरिएको यो कार अद्धितिय हुने दाबी निर्माणकर्ता तथा विश्वमा सबैभन्दा तिब्र गतिमा कार कुँदाउने किर्तिमानी व्यक्ति एन्डी गि्रन बताउँछन् । बेलायती विज्ञान मन्त्रीले समेत रकेटरुपी यो कारको निर्माण अभियानलाई निकै सघाइरहेका छन् । यो कार निर्माण अभियानलाई उनले १० लाख पाउण्ड सरकारी सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत




Nepal Stock Exchange
अर्थ-वार्ता

उड्डयन क्षेत्र कालोसूचीमा पर्दा म त बर्बादै भएँ

हेलिकोप्टर व्यवसाय यस्तो व्यवसाय रहेछ, जसबाट सेवा पनि दिइने, त्यसबाट पैसा पनि पाइने । यही कारण मलाई हेलिकोप्टर व्यवसाय निकै मन...