२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जेनट येलनलाई अमेरिकी फेडरल रिजर्व बैंककेा प्रमुखमा मनोनित गर्नु हुने भएको छ । हृवाइट हाउसका अधिकारीहरुले यसको पुष्टी गरेको बीबीसीले जनाएको छ । जेनट अहिले फेडरल रिजर्व बैंकको उपप्रमुख हुनुहुन्छ ।
अमेरिकी सिनेटले अनुमोदन गरेपछि जेनटले बेन बर्नान्केको स्थान लिनु हुनेछ भने अमेरिकी केन्द्रीय बैंकको प्रमुख बन्न पहिलो महिला समेत हुनु हुनेछ । बेन ८ वर्षदेखि फेडरल रिजर्व बैंकको प्रमुख रहनु भएको छ ।
उहाँले हार्वर्ड विश्वविद्यालय र लण्डन स्कुल अफ इकोननोकिक्समा अध्यापन गरिसक्नु भएको छ । उहाँले अमेरिकी प्रशासनमा अहम पद सम्हाल्नु भएको छ ।
जेनेटले पनि बर्नोन्केले जस्तै ब्याजदर घटाएर रोजगारी बढाउन जोड दिने अनुमान गरिएको छ । जेनेटका पति जर्ज एकरलोफले अर्थशास्त्रको नोबल पुरस्कार पाइसक्नु भएको छ ।
प्रतिक्रिया 4