Comments Add Comment

नीराले बनाइन् छिटो शतकको कीर्तिमान

२३ पुस, काठमाडौं । नीरा राजोपाध्यायले राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक छिटो शतकको कीर्तिमान बनाएकी छिन् ।

राष्ट्रिय महिला क्रिकेटमा नीराले क्षेत्र नम्बर ८ पोखराविरुद्ध सशस्त्र प्रहरीको एपीएफको तर्फटबाट ७० बलमा शतक प्रहार गर्दै रेखा रावलको कीर्तिमान तोडेकी हुन् । बैतडी ६ कि रेखाले यही प्रतियोगितामा ७४ बलमा शतक प्रहार गरेका थिइन् ।

neera-rajopadhyaya finalनीराले ३९ बलमा अर्धशतक बनाएकी थिइन् । सुनिता जीशीको बलमा ४९ औं ओभरमा लगातार ६ चौका प्रहार गरेकी उनले ७५ बलमा अविजित १ सय १६ रन बनाइन् ।

एपीएफका लागि शरिता मगरले ८७ रन बनाइन् । नीरा र शरिता चम्किएपछि एपीएफले ४० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३९ रन बनायो ।

३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको पोखरा ३६.१ ओभरमा ५२ रन जोड्दा अल आउट भयो र एपीएफले महिला क्रिकेटमा अहिलसम्मकै सबैभन्दा ठूलो अन्तर २ सय ८७ रनको जित हात पारेको छ ।

नेपालगञ्ज सेमिफाइनलमा

यसैबीच क्षेत्र नम्बर ४ भैरहवालाई २३ रनले पराजित गर्दै क्षेत्र नम्बर ५ नेपालगञ्ज ८ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिले व्याटिङ्ग गरेको नेपालगञ्जले ३२.१ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि नेरी थापाले ४९ रन बनाइन् । जवाफमा मैदान उत्रिएको भैरहवाले ९४ रन जोड्दा सबै विकेट गुमायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment