+
+
Shares

नियम लत्याएर सेयरमा लगानी गर्दै सहकारी

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ९ गते ७:३८

९ माघ, काठमाण्डौ । सहकारी संस्थाहरुले मापदण्डविपरित निजी बैँक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेका छन् । सदस्यवाट बचत संकलन गरी सदस्यलाई मात्र ऋण लगानी गर्ने अनुमति पाएका बचत तथा ऋण र बहुद्देश्यीय सहकारीहरु सर्वसाधारणको बचतवाट बैँक, फाइनान्स, बिमालगायतको सेयर किनबेचमा संलग्न हुने गरेका छन् ।

सदस्यको रकम संस्थाका अध्यक्षलगायत सञ्चालकले जथाभावी लगानी गर्दा सहकारी जोखिमसमेत बढ्दै गएको छ । सहकारी दर्ता तथा नियमन मापलदण्ड ०६८ ले सहकारीलाई निजी व्यवसाय, व्यापारिक र्फम वा कम्पनीको सेयर लगानी गर्न रोकेको छ । तर नियामक निकाय सहकारी विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा उनीहरु प्राथमिक सेयरका साथै दोस्रो बजारमा समेत सेयर कारोबारमा संलग्न हुने गरेका छन् ।

विभागका उपररिस्ट्रार नारायणप्रसाद ज्ञवालीले जानेर वा नजानेर सहकारीहरु निजी कम्पनीको सेयर किनबेचमा संलग्न भएको स्वीकारे । विभागले गरेको अनुगमनमा त्यस्तो भेटिएको उनले बताए । ‘हामीले अनुगमन गर्दा सहकारीहरु प्राथमिक र दोस्रो बजारको सेयर कारोबारमा संलग्न रहेको भेटेका छौँ, ज्ञवालीले भने,’केहीलाई कुन क्षेत्रमा लगानी गर्न हुन्छ भन्ने थाहा नभएर गरेका छन् भने कसैले जानीबुझी ।’

२ वर्षअघि लागू भएको मापदण्डले निजी कम्पनीको सेयरमा लगानी निषेध गर्दै लगानी गरिसकेकालाई २ वर्षभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । तर त्यो व्यवस्था कार्यान्वय नहुँदा सेयर खरिद विक्री रोकिएको छैन । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?