Comments Add Comment

तीन महिनामा आठ अर्ब विदेशी मुद्रा थपियो

९ कात्तिक काठमाडौं । वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप ९१ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तीन महिनामा विदेशी मुद्रामा आठ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत असार ३२ गते बैंकहरुसँग ८३ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्राको निक्षेप असोज २४ गते ९१ अर्ब रुपैयाँ पुगेको हो । पछिल्लो ६ हप्तामा मात्रै यस्तो निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरी वाणिज्य बैंकहरुमा विदेशी मुद्रामा निक्षेप राख्न सकिने व्यवस्था गरेको छ ।
बैंकहरुको कूल निक्षेप १२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । असोजको तेस्रो सतामात्रै बैंकहरुमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
दसैंका लागि वाहिरिएका नोट निक्षेपका रुपमा बैंकमा फर्किएकाले एक हप्तामै निक्षेपको वृद्धिदर उल्लेख्य देखिएको बताइएको छ ।
तर, यो हप्ता कर्जा भने बढ्न सकेन । चाडवाड परेका कारण माग नआएपछि कर्जा नबढेको राष्ट्र बैंक स्रोतलवे बताएको छ ।
 वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा

table

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment