Comments Add Comment

सगरमाथा भारतको भनेकोमा कपिल शर्माले नेपालीसँग माफी मागे

KAPIL-sharma

भारतसहित नेपालमा समेत लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् ।

एक स्टेज कार्यक्रममा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि अष्ट्रेलियामा अायोजित एक स्टेज कार्यक्रममा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, आसन्न नेपाल भ्रमणका बेला कपिलको अभिब्यक्तिलार्इ लिएर आलोचना भएपछि उनले ट्वीटरमार्फत माफी मागेका हुन् ।

बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्-‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।’

भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा अायोजित शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, पछिल्ला दिनहमा सामाजिक सञ्जालमा कपिलको झुटको आलोचना भएको थियो । कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् ।

उनको माफी पनि यसलार्इ हेरेर भएको देखिन्छ भने लगतै उनले नेपाल र नेपालीको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन् ।

यसो भनेका थिए कपिलले, हेर्नुहोस् भिडियो

(सगरमाथासम्बन्धी प्रसङग ६:१५ सेकेन्डमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment