Comments Add Comment

चार महिनामा सरकारी खर्च साढे ६९ अर्ब

money४ पुस काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सरकारले ६९ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । यो गत वर्षको यसै अवधिको भन्दा ७.८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्षको कात्तिकमा यस्तो खर्च ४.९ प्रतिशतले बढेर ७३ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । चालू तथा पुँजीगत दुवै खर्चमा वृद्धि भएको कारण कुल सरकारी खर्चमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि सरकारले लक्ष्य अनुसार भने खर्च गर्न सकेको छैन । सरकारी लक्ष्यअनुसार चार महिनामा सवा अर्व रुपैयाँ भन्दा बढी खर्च हुनुपथ्र्यो ।

कात्तिक मसान्तसम्ममा मीक्षा अवधिमा चालू खर्च ७ प्रतिशतले बढेर ७२ अर्ब ५४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च ३२ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको कात्तिकसम्ममा पुँजीगत खर्च १९.० प्रतिशतले बढेर ४ अर्ब ६६ करोड पुगेको छ । गतं वर्षको यसै अवधिमा पुँजीगत खर्च १०.९ प्रतिशतले वृद्धि भएको थियो ।

१८ औं सार्क शिखर सम्मेलनको तयारीको क्रममा भएका विकास निर्माण खर्चको कारण समेत पूँजीगत खर्चको वृद्धिदर बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment