Comments Add Comment

आक्रमणको धम्कीपछि उत्तर कोरियाली नेतामाथि बनेको फिल्म प्रर्दशन रोकियो

the-interview copy
उत्तर कोरियाली नेता किम जोङ उनमाथि बनेको फिक्सन फिल्म ‘द इन्टरभ्यु’को प्रदर्शन रोकिएको छ ।
सोनी पिक्चर्सले निर्माण गरेको यो फिल्म प्रर्दशन गरिए आक्रमण गर्ने धम्की ह्याकर समूहले दिएपछि अन्तिम समयमा आएर हलमा फिल्म प्रर्दशन रोकिएको हो ।
नेता किमलाई तानाशाही र राजनीतिक दाउपेचका लागि नरसंहार गर्ने हत्यारका रुपमा प्रस्तुत गरिएको सो फिल्म प्रर्दशन नगर्न ‘गार्जियन्स अफ पिस’ नामक ह्याकर समुहले चेतावनी दिएको थियो ।
तर, सोनीले भने बैकल्पिक ब्यबस्था गरेर भएपनि फिल्म प्रर्दशन गर्ने बताएको छ । यद्यपी क्रिसमसको रिलिज भने टरेको छ ।
नोभेम्बर २२ तारिखमा सोनी पिक्चरको कार्यालय र सिस्टमा साइबर आक्रमण भएपछि यसमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाउन थालिएको छ ।

kim jon
द इन्टरभ्यूको एक दृष्यमा नेता किम जोन उनको अभिनय गर्दै कलाकार र उनको साथमा उत्तर कोरियाली सैनिक पोशाकमा अन्य कालाकार ।

तर, उत्तर कोरियाले भने त्यस्तो आरोपलाई अस्वीकार गर्दै ह्याकर पत्ता लगाउन सहयोग गर्ने बताएको छ ।
फिल्म प्रर्दशन रोकिएको प्रति अमेरिकी राष्ट्रपति बराक ओबामाले चिन्ता जनाएका छन् । यो प्रकरणसागै अमेरिका र उत्तर कोरियावीच युद्ध हुन सक्ने चिन्ता ब्यक्त गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment