Comments Add Comment

ह्वाइट हाउसको आगनमा चिनियाँ ड्रोन दुर्घटनाग्रस्त

w-h-1
अमेरिकी राष्ट्रपति बराक ओबामाको सरकारी निवास ह्वाइटहाउसमा एउटा चिनियाँ ड्रोन बिमान दुर्घटनाग्रस्त भएको छ । सुरक्षाका हिसावले अमेरिकाको सवैभन्दा संबेदनशील स्थानमा चीनमा बनेको जासुसी बिमान दुर्घटनाग्रस्त भएपछि अहिले अमेरिकी सोसल मिडियामा यसबारे ब्यापक चर्चा हुन थालेको छ ।

दुर्घटनाका बेला राष्ट्रपति ओबामा र पत्नी मिसेल भारत भ्रमणमा थिए । गत सोमबार भएको सो घटनामा संलग्न पात्रबारे अहिले आएर केही खुलासा भएको छ ।

अमेरिकाले यस्ता संबेदनशील क्षेत्रलाई ‘नो फ्लाइ जोन’ घोषित गरेको छ जहाँ कुनै पनि बिमान उडन पाउँदैनन् । पछिल्लो समयमा जासुसीका लागि प्रयोग हुँदै आएको सानो आकारको ड्रोन बिमान कसरी ह्वाइटहाउसको प्राङ्गणमा दुर्घटनाग्रस्त भयो त ?

घटनाअनुसार ह्वाइटहाउस नजिकैको अपार्टमेन्टमा बस्ने एक अधबैंसेले आफ्नी प्रेमिकालाई खुसी पार्न कौसीमा बसेर यस्तो बिमान उडाएका थिए ।

रक्सीको नशा र जवानीले मस्त उनले आफ्नी प्रेमिकालाई ड्रोनको चमत्कार देखाउन खोज्दा उनले ड्रोनमाथिको नियन्त्रण गुमाए । हेर्दाहेर्दै ड्रोन ह्वाइटहाउस प्राङ्गणभित्र पुग्यो र दुर्घटनाग्रस्त भयो ।
w-h-2
निकै कम उचाईमा ड्रोन उडेको देखेपछि ह्वाइट हाउस र राष्ट्रपतिको सुरक्षामा खटिएको सिक्रेट सर्भिसका अधिकारी आत्तिएका थिए ।

पछि दोषी पाइलट आफैले घटनाबारे स्वीकार गरेपछि निकै ठूलो घटनाको आशंकामा अनुसन्धान गरिरहेको प्रहरी केही ढुक्क भएको थियो । सीएनएनले जनाएअनुसार ड्रोन बिमानका पाइलट एक अमेरिकी सरकारी जासुसी संस्थामा कार्यरत छन् । उनले आफुले रक्सी पिएर ड्रोन उडाएको स्वीकार गरेका छन् ।

यता, बिमान उत्पादक चिनियाँ कम्पनीले यो घटनाबाट पाठ सिक्दै नो फ्लाइ जोनमा ड्रोन उडन नसक्ने गरी प्रबिधि बिकाश गर्न लागेको जनाएको छ ।

बिश्वभरका १० हजार एयरपोर्ट र केही राजनीतिक र सुरक्षाका हिसावले संबेदनशील ‘नो फ्लाई जोन’मा उडन नसक्ने गरी सफ्टवेयरको बिकाश गर्न लागेको कम्पनीले जनाएको छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment