Comments Add Comment

बेलायतको म्युजियममा कट्रिनाको मुर्ति

katrina

मुम्बई । बेलायतको प्रसिद्ध म्युजियम ‘म्याडम तुसाद’ पुग्नेहरुले अबदेखि डान्सिङ पोजमा मुस्कुराईरहेकी कट्रिना कैफको अनुहार हेर्न पाउने भएका छन् ।

यो म्युजियममा बलिउडका कलाकारको मुर्ति राख्न सुरु गरेको १५ वर्ष पुरा भएको उपलक्ष्यमा कट्रिनाको मुर्ति राखिएको हो । कट्रिनाको मैन मुर्ति बनाउन २० जना कलाकारले चार महिना लगाएका थिए । यसको निर्माणमा एक लाख ५० हजार पाउण्ड खर्च भएको छ ।

यो म्युजियममा बलिउड कलाकारले प्रवेश पाएको सन २००० पछि मात्रै हो । विश्वकै प्रसिद्ध मानिने यो म्युजियममा हलिउडका थुप्रै कलाकारको मुर्ति पहिल्यैदेखि राखिए पनि एसीयाली कलाकारले भने मौका पाएका थिएनन् ।

म्युजियममा घुम्न जाने पर्यटकले भारतीय कलाकारको माग गरेपछि म्युजियमले भारतीय कलाकारको मुर्ति राख्न सुरु भएको हो ।

सबै भन्दा पहिले यो म्युजियममा प्रवेश पाउने कलाकार हुन् अभिताभ बच्चन । सन २००० मा अभिताभ बच्चनको मुर्तिले म्युजियममा प्रवेश पाएपछि क्रमश अन्य कलाकारले समेत स्थान पाएका थिए ।

त्यसपछि सन २००७ मा शाहरुख खान, सलमान खान, ऋतिक रोशनको मुर्तिले स्थान पाएको थियो । ऐश्वर्या राय माधुरी दीक्षित, करिना कपुरको पनि मुर्ति बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment