Comments Add Comment

‘झालेमाले भाई’को सपनाको कथा(भिडियो)

jhale-male
‘कठै बरा’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरेका गायक सागरराजले नयाँ भिडियो ‘झालेमाले भाई’ सार्वजनिक गरेका छन् । यो गीतमा उनको आफ्नै संगीत र शब्द पनि छ ।

गीतमा सेक्सोफोन, सारंगी, गितार आदिको प्रयोग गरिएको छ । भिडियोमा राज श्रेष्ठ, प्रिन्स नेपाली, मन्जिल विक्रम केसी, सागरराज, प्रतिक बाँनिया र अनुज श्रेष्ठले विभिन्न बाजाहरु प्रयोग गरेका छन् । यो भिडियोलाई एउटा बालकको सपनामा आधार रहेर तयार पारिएको छ ।

भिडियोमा ‘झालेमाले भाई’को रुपमा बालकलाकार प्रताप अधिकारीले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा लुजा सिंहको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment