Comments Add Comment

‘गर्लफ्रेण्ड’ले यौन शिक्षा दिने, ‘ब्वाइफ्रेण्ड’ले बलात्कार गर्ने !

३ वैशाख, काठमाडौं । १३ वर्षकी निशा खड्की (परिवर्तित नाम) आमाको मृत्युको शोकमा डुबेकी किशोरी हुन् । तर, मातृवियोगको पीडाबाट पार नपाउँदै उनमा थपिएको छ, बलात्कारजन्य यौन हिंसाको पीडा ।

आफ्नो भविश्यको चिन्ता गर्दै निशा अंग्रेजी पढ्न छिमेकी दिप्ती बज्राचार्यकहाँ जान थालिन् । आमाको निधनपछि शोकमा परेकी उनको पढाइ कमजोर भएपछि उनले झण्डै डेढ महिना अघिदेखि अंग्रेजीको ट्युसन पढ्न थालेकी हुन् । घर नजिकैकी दिदीले पढाइदिने भएपछि उनी नियमितरुपमा जान थालिन् ।

Nilkantha Maharjan_rapist
बलात्कारको अारोपमा पक्राउ परेका निलकण्ठ

मृगौलाले काम गर्न छाडेपछि उनकी आमाको चार वर्षअघि निधन भएको थियो । छोरीले ट्युसन पढ्छु, राम्रो पढाउँछ भनेपछि बुबाले उनलाई ट्युसनमा जान अनुमति दिए ।

दिप्तीका पति नीलकण्ठ निशाको दाइका साथी थिए, त्यसैले निशाका परिवारका सदस्यहरुले विश्वास गरे । सुरुमा त दिप्तीले राम्रो पढाइन् तर, उनले केही दिनपछि अंग्रेजीभन्दा अरु नै पढाउन थालिन् ।

ब्वाइफ्रेण्ड बनाउनुपर्छ भनेर सिकाउन थालिन् । १३ वर्षकी किशोरीसँग सेक्सका कुरा गर्न थालिन् । ‘उनले सेक्सको कुरा गर्थिन् । मैले केही बुझिँन र म पढ्न जान छोडेँ’ निशाले भनिन् ।

दिप्तीसँग पढ्न जान छाडे पनि दाइका साथी नीलकण्ठले पछ्याउन थाले । फ्रेण्डसिप गर्ने भन्दै मोबाइलबाट फेसबुक पेज खोल्न लगाए । भाइबरमा साथी बने । ‘उसले मलाई बेलाबेला म्यासज गथ्र्यो’ पीडित बालिकाले अनलाइनखबरसँग भनिन्-मैले केही भनेको थिइँन ।’

गत चैत २१ गते निशा आफ्नी आन्टीको घर जाँदै थिइन् । डीडीसी अगाडि बाटोमा नीलकण्ठ भेटिए । निशा उनलाई दाइ भन्थिन् । उनले आउ ‘मेरो रेष्टुराँमा जाउँ’ भनेर लगे । स्थानीयबासीका अनुसार नीलकण्ठले ठमेल नजिकै तमाखु रोष्टुराँ चलाएका छन् ।

रेष्टुराँमा लगेपछि उनले केही खुवाए । त्यसपछि भने उनले १३ वर्षकी निशामाथि गिद्दे नजर लगाए । आफूलाई रेष्टुँरा नजिकैको जलमा लगेर बलात्कार गरेको पीडितले बताएकी छिन् ।

भिडियो हेर्नुस्  

घटनापछि उनले बालिकालाई यसबारे कसैलाई नभन्न धक्की दिए । तर, केही दिनमा नै दिप्तीलाई यो कुरा थाहा भयो । दिप्ती र नीलकण्ठ सँगै बसेको भए पनि उनीहरुवीच विवाह भएको छैन । उनीहरुको यही बैशाखमा विवाह गर्ने तयारी थियो ।

घटना सार्वजनिक भएपछि नीलकण्ठसँग आफ्नो विवाह नहुने भन्दै दिप्तीले निशालाई घटनाबारे कसैलाई नभन्न बारम्बार धम्की दिइन् । बुधबार पनि उनले निशालाई बोलाइन् र नीलकण्ठको करतुतबारे कसैलाई नबताउन भन्दै कुटपिट गरिन् ।

‘उसले कुटपिट गरेपछि हामीले किन कुटेको भनेर नानीलाई सोध्दा पो घटनाबारे थाहा भयो’ निशाका बाबुले भने ।
त्यसपछि छिमेकीसहित उनीहरु नीलकण्ठको घरमा गए । तर, उनीहरुले उल्टै घटना सार्वजनिक नगर्न र गरे बालिकालाई नै नराम्रो हुने धम्की दिए ।

राति नै उनीहरु भाग्ने डरले स्थानीयले केही गरेनन् । तर, बिहीबार बिहानै निशाका बुबाले आफन्तलाई बोलाए र नीलकण्ठलाई समाते । उनीहरुले नीलकण्ठलाई दुई चार झापड लगाउँदै प्रहरीलाई बुझाएका छन् ।

महानगरीय प्रहरीवृत्त लैनचौरमा निशाका बुबा भन्दै थिए-‘नीलकण्ठलाई मात्र होइन, दिप्तीलाई पनि छाड्नु हुँदैन । कडाभन्दा कडा कारवाही गरेर हामीलाई न्याय दिनुस् ।’

मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक पदम न्यौपानेले बलात्कारको उजुरी परेको र नीलकण्ठलाई नियन्त्रणमा लिएको स्वीकार गरेका छन् ।

प्रहरी स्रोतका अनुुसार प्रारम्भिक वयानमा नीलकण्ठले करणी नभएको दाबी गरेका छन् । किशोरीमाथि हातपात गरेको अभियोगमा दिप्तीलाई पनि प्रहरीले हिरासतमा राखेको छ । पीडित बालिकाको मेडिकल टेष्ट गरिएको छ । तर, रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment