+
+
Shares

चर्को घाममा कोरोना खोप लगाउनेको लाइन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ जेठ २ गते १८:३०

२ जेठ, काठमाडौं । चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल आइतबारदेखि काठमाडौं जिल्लामा लगाउन थालिएको छ ।

जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइएको छ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

काठमाडौंको मध्य बानेश्वरमा चिनियाँ खोप लगाउनेहरुको लामो लाइन देखिएको छ । यहाँको एक पार्टी प्यालेसमा खोप केन्द्र तोकिएको छ र मानिसहरु खोप केन्द्रबाहिर लामो लाइनमा छन् ।

काठमाडौंमा निषेधाज्ञा र चर्को घाम भए पनि मानिसहरु खोप लगाउन लाइन बसिरहेका छन् । लाइनमा बस्नेहरुले मास्क लगाएका छन् । एक अर्काबीच लामो दूरी कायम गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?